×

चिरञ्जीवी यादव, वीरगन्ज १३ मङ्सिर सखुवाप्रसौनी गाउँपालिकामा एक दिनेमत्दाता शिक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। आदर्श जनसेवा युवा क्लब बागेस्वरीतित्रौनाको आयोजनामा र निर्बाचन आयोग नेपालको सहयोगमा कार्यक्रम भएको हो । यस कार्यक्रमको प्रमुख अथिती बिस्वराज रानाभाट श्री दीपनरायणआदर्श उच्च मा बि को प्र अ शिवनाथ प्रसद थारुको अध्यक्षतामा सखुवाप्रसौनी गाउँपालिका वार्ड नम्बर १ देखि ६ सम्मको समाजिक परिचालक,महिला,स्वास्थ्य स्यसेबिका, निर्बाचन शिक्षा कार्यकर्ता,विभिन्न सघ संस्था तथा राजनैतिक दलका अगुवाहरु, नागरिक समाज,सुरक्षाकर्मी,पत्रकार, भद्रभलादमीहरुको उपस्तिथिमा कार्यक्रम भएको थियो। कार्यक्रममा यश संस्थाका सल्लाहकार बिनोद यादवले मतदान कसरी गर्नुपर्छ,मतमा स्वास्तीक चिन्ह कसरी मोहर लगाउनु पर्छ, मतहाली सके पछि कसरी मोडेर मतपेटिकामा हल्नु पर्छ, साथै कसरी मोहर लगाउदा मत बदर हुदैन जस्तो बारेमा प्रस्ट पार्नु भएको उदघोसक तथा कर्यक्रम संयोजक रामाशन्कर प्रसद कुसवहाले बताउनु भएका छन।कार्यक्रममा १३० जनाको उपस्तिथी रहेको थियो।

Back to top