×

वीरगञ्ज, १३ मंसिर, पर्सा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत झौवामा मधेसी गठबन्धनका उम्मेदवारहरुको घरदैलो सम्पन्न भएको छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको पक्षमा जनमत सृजना गर्न उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।

सो कार्यक्रममा संघीय समाजवादी फोरम र राजपा नेपालबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियार, प्रदेशसभाका उम्मेदवार प्रह्लाद गिरी, फोरमका स्थानीय नेताहरु गोबद्र्धन यादव, कमल महतो, शम्भु ठाकुर, बच्चा देवानलगायतका सयौं नेता कार्यकर्ताको सहभागिता थियो । उनीहरुले मधेस र आममधेसीको अधिकार र पर्साको सापेक्ष विकासका लागि मधेसी गठबन्धनलाई अत्याधिक मतले जिताउन आग्रह गरेका थिए ।

Back to top