×

वीरगन्ज १३ मंसिर चुनावी सम्वोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भोली विहिवार विरगञ्ज आउनेभएपछि जिल्लामा सुरक्षा जाँचलाई कडाई गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक साता मात्र बाँकी रहेको बेला प्रधानमन्त्री देउवा चुनावी प्रचारप्रसारका क्रममा विरगगञ्ज आउन लाग्नुभएको हो ।

बारा जिल्ला निर्वाचन क्षेत्र नं ४ प्रतिनिधि सभाका उम्मेद्धार लालबाबु सिंहले प्रधानमन्त्री देउवा विहिवार ९भोली० ११ बजे सिमरा बिमानस्थल आईपुग्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री देउवा विरगञ्ज आउनेभएपछि ठाँउ ठाँउमा सवारी साधन चेकजाँचलाई कडाई गरिएको छ ।

यसअघि हिजो दाङको तुलसीपुरमा प्रधानमन्त्री देउवाको चुनावी कार्यक्रम स्थल नजिकै भएको बम विस्फोटका एक जना म्यादी प्रहरीको मृत्यु हुनुका साथै सोही घटनामा थप आठ जना घाईते मध्ये तीन जनाको अवस्था अझैं गम्भीर रहेको छ । निर्वाचन र उम्मेद्धारलाई लक्ष्यित गरे देशभर यस्ता अन्य घटना भईरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साह (( डिएस्पीले नजिकिदै गरेको चुनाव र भोली विरगञ्जमा हुने प्रधानमन्त्रीको कार्यक्रममा कुनै अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षा जाँचमा कडाई गरिएको जानकारी दिनुभएको छ । उहाँले भोली विहान सिमरा बिमानस्थलदेखि विरगञ्ज कार्यक्रम स्थलसम्मको बाटो केही समयका लागि अन्य सवारी साधन आवातजावत रोकिने जानकारी दिनुभयो ।

Back to top