×

वीरगन्ज १३ मंसिर नारायणी उप क्षेत्रिय अस्पतालको फार्मेसीका कर्मचारीहरु कमिशनको लोभमा अस्पताल विकास समितिले तोकिएको औषधी भन्दा बाहिरको औषधीहरु बेच्ने गरेको प्रकाशमा आएको छ ।

अस्पताल विकास समितिका सदस्य सुशिल खेतानका अनुसार सोमबार गाईनो वार्डमा भर्ना भएकी सोनामती देवीलाई अस्पताल विकासले उपलब्धै नगराएको औषधी लुकाई छिपाई बेच्ने गरेको फार्मेशीको सिसि टिभि क्यामराबाट फेला परेको बताए ।

उनले भने, अस्पताल विकास समितिले प्रोटिन पाउडर बेच्ने अनुमति दिएको छैन तर बाहिरबाट ल्याएर फार्मेशीका कर्मचारी विजय यादवले बेच्ने गरेको पाईएको छ । यस विषयमा अस्पताल प्रशासन र मेडिकल सुपरिटेण्डेन्टसंग छलफल भएको छ हामीले कार्वाहीका लागि भनेका छौँ । तर यता मेडिकल सुपरिटेण्डेन्ट डा.इनामुल हकले भने एक पटकका मौखिक रुपमा गरिएको अनुरोधको अधारमा चेतावनी स्वरुप छोड्ने निर्णय भएको बताए ।

नारायणी उप क्षेत्रिय अस्पताल बारा, पर्सा रौतहटकै एक प्रमुख अस्पताल हो तर बेला बेलामा अस्पताल कै कर्मचारीहरुबाट विभिन्न खाले विकृतिहरु गर्दै आएको कुराहरु प्रकाशमा आउने गरेको छ । यसरी अस्पताल विकासले तोकेको भन्दा गैर कानुनी रुपले विक्रि वितरण गर्दा सर्वसधारण बढी मर्कामा पर्ने गरेको छ ।

 

Back to top