×

वीरगन्ज ११ मंसिर प्रहरीले अवधै हुण्डी कारोबारमा संलग्न दुई ब्यक्तिलाई स्रोत नखुलेको २६ लाख सहित पक्रेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौं महानगरपालिका–२९ गल्कोपाखाबाट बा. ८० प ५०३८ नम्बरको मोटरसाइकल सहित काठमाडौं रानीबारी बस्ने नुवाकोटको भद्रटार–२ का २३ वर्षीय राजकुमार बिष्ट र नुवाकोट पंचकन्या २ बस्ने शिव विष्टलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख डिएसपी दिपक पोखरेलले घटनाको अनुसन्धान भै रहेको बताए । उनले अवैध रकम सहित केही ब्यक्ति पक्राउ परेको जानकारी दिए । वृत्तका अनुसार हुण्डीको कारोबारमा संलग्न रहेका बिष्टद्धयले चार करोडभन्दा बढिको हुण्डी कारोबार गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । प्रहरीले पक्राउ ब्यक्ति र बरामद नगद सोमबार राजस्व अनुसन्धान विभाग ललितपुरमा बुझाएको छ । पक्राउ परेका हुण्डी कारोबारीको तर वीरगन्जको ब्यपारीसंग जुडीएको प्रहरीले जनाएको छ ।

Back to top