×

वीरगन्ज १० मंसिर जिल्ला समन्वय समिति पर्साका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । जिल्ला समन्वय समिति पर्सा परिसरमा आज भएको कार्यक्रममा पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जिल्ला समन्वय समिति पर्साका नवनिर्वाचित सभापति नेक महम्मद अन्सारी र उपसभापति ठाकुर न्यौपानेलाइ पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । त्यसपछि सभापति अन्सारीले समितिका सदस्यहरुलाइ शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह , वीरगन्ज महानगरका मेयर विजय सरावगी , संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव , जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुली , निर्वाचन अनुगमन अधिकृत तिर्जराज ढकाल लगायतको पनि उपस्थिती रहेको थियो ।ं

 

Back to top