×

वीरगंज, ९ मंसिर वीरगंजको विर्तामा रहेको जिल्ला कारागार (सुधारगृह) मा रहेका अधिकांस कैदी बन्दि छाला रोगबाट पीडित रहेको पाइएको छ ।

कारागार (सुधारगृह) भित्रको अव्यवस्थित बसाई र पानी स्वच्छ नहुँदा अधिकांसमा दाद जस्ता छाला सम्बन्धी रोग पाइएको यौन तथा छाला रोग विशेषज्ञ डा.मनिष प्रधानले बताए ।

धेरै जसोमा शरिरका विभिन्न भागमा दाद जस्ता छालासम्बन्धी रोग देखिएको छ । सरसफाइमा ध्यान नदिनु र पानी समेत स्वच्छ नहुँदा यस्तो रोग फैलने डा.प्रधान बताउछन् ।

जिल्ला कारागारमा शनिबार वीरगंज टेलिभिजनले आयोजना गरेको निशुल्क स्वाथ्य चेकजाँच शिविरमा सहभागि मध्ये अधिकांसमा छाला सम्बन्धी रोग देखिएको हो ।

यस्तै उच्च रक्तचाप, ग्याष्ट्रिक जस्ता रोगीको सख्या पनि उल्लेख्य रहेको बरिष्ठ फिजिसियन डा.निरज सिंहले बताउनुभयो । चिल्लो, पिरो तथा मसलायुक्त खाना बढी खानु, नियमित व्यायाम नगर्नु जस्ता बानिले मान्छेमा उच्च रक्तचाँप बढाउने गरेको डा. सिंहको भनाइ छ । यस्तै समयमा खाना नखानाले अधिकांसलाई ग्याष्ट्रिकको समस्या देखिने गरेको पनि उहाँले बताउनुभयो ।

कारागारमा मानसिक रोगीहरु पनि भेटिएको र उनिहरुको पनि उपचार गरिएको टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठले जानकारी दिए ।

शिविरमा जिल्ला कारागारमा रहेका ५ सय २ जनाको चेकजाँच गरिनुका साथै निशुल्क औषधि समेत वितरण गरिएको कार्यक्रम संयोजक एवं सञ्चारकर्मी आविद हुसेनले जानकारी दिनुभयो ।

बरिष्ठ फिजिसियन डा.निरज सिंह, सर्जन डा.मनोज गुप्ता, बरिष्ठ चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ एवं जेनरल फिजिसियन डा.सुमन प्रसाद, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.लक्ष्मी गुप्ता, यौन तथा छाला रोग विशेषज्ञ डा.आरपी जैसवाल, डा. मनिष प्रधान लगायतले शिविरमा चेकजाँच गरेका थिए ।

कारागारमा कैद भुक्तान गरिरहेका सुनिता तामाङ, रुपा श्रेष्ठ, लक्ष्मी बस्याल, कृष्ण थापा, रामबाबु रौनियार, सुरेस लामा, जितेन्द्र ठाकुर, सागर खत्री लगायत ५ सय २ जनाको चेकजाँच गरिएको हो ।

शिविरको उद्घाटन गर्दै पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले सामाजिक कार्यमा वीरगंज टेलिभिजनले खेलेको भुमिका उदाहरणीय रहेको भन्दै आगामी दिनमा पनि सूचना मनोरन्जनका साथै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा ससस्त्र प्रहरी उपरिक्षक शान्ति कार्की, कारागार प्रमुख चक्पाणी गौतम, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी युनियनका अध्यक्ष हरी गुप्ता, लियो क्लबका दिपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो । शिविरमा टाइम्स फर्मास्युटिकल्स, मारुती फर्मास्युटिकल्स, क्वेस्ट फर्मास्युटिकल्स, म्याग्नस फर्मास्युटिकल्स लगायतका औषधी उद्योगहरुले सहयोग गरेका थिए ।

Back to top