×

वीरगञ्ज, ९ मंसिर यही मंसिर २१ गते दोस्रो चरणमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेसी गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको संयुक्त प्रतिबद्धताले मधेस आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै पर्सा जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेको छ । हाम्रो संकल्प नाम दिइएको यो चुनावी प्रतिबद्धता जिल्लामै पहिलो भएको छ । पर्सामा अन्य कुनै पनि उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरी केन्द्रीय राजनीति र स्थानीय विकास निर्माणका सरोकारलाई समेटेर अहिलेसम्म यसरी प्रतिबद्धता सार्वजनिक गरेका छैनन् ।

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियार, प्रदेशसभा १ बाट मन्जुर अन्सारी र २ का प्रह्लाद गिरीको संयुक्त संकल्पमा मधेसीलाई पूर्णधिकार सम्पन्न बनाउन र सार्थक विकास र यसको प्रत्याभूतिका लागि मधेसी गठबन्धनको जीत अनिवार्य भएको बताइएको छ । पर्साको क्षेत्र नम्बर ३ का विकास सरोकारलाई बढी प्राथमिकतामा राखिएको छ ।

ऐतिहासिक मधेस आन्दोलनले स्थापित गरेका अधिकारका आधारलाई स्थापित गराउँदै राज्यका हरेक तह र तप्कामा मधेसी जनतालाई विशेषाधिकारसहितको विकास आजको आवश्यकता भएको संकल्पमा उल्लेख गरिएको छ । मधेस अधिकारका लागि प्राण उत्सर्ग गर्ने सहिदको सम्मान र उनीहरूका परिवार तथा अपाङ्ग एवम् घाइतेहरूका लागि रोजगार तथा जीविकोपार्जनको सहज व्यवस्थासँगै समतामूलक समृद्धिलाई सुनिश्चित गर्न मधेसी गठबन्धनको जीतको आवश्यकता औल्याइएको सो चुनावी प्रतिबद्धतामा सापेक्ष विकास र उन्नतिका लागि मधेस आन्दोलनका अग्रणी राजनीतिक शक्तिहरूबीच समन्वय र सहकार्यलाई पनि आत्मसात गरिएको छ । पूर्ण पाठ :

Back to top