×

वीरगंज ९ कार्तिक - फेसबुक मार्फत फोरम नेपाललाई मान मर्दन हुने खालको पोस्ट केहि पत्रकार तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुले गर्न थालेका छन् । अनिल रुंगटाको महिनावारी खाएर केही महिना यता, फोरम नेपाल सो पार्टीका नेता विरुद्ध फेसबुक पोस्ट र स्टेटस लेख्दै आएका एक पत्रकारले आज राती पनि एउटा गलत र झुटो समाचार फेसबुकमा पोस्ट गर्दै पत्रकारिताको दूरुपयोग गरेका छन ।

संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यबाहक अध्यक्ष सुन्दर कुर्मीले पत्रकारको आडमा कसैसंग विना प्रमाण कसैलाई बदनाम गर्ने अधिकार नरहेको बताउनु भएको छ । एक पत्रकारले फोरम नेपालका नेता रविन्द्र वर्णवालले अत्यधिक मापसे गरी गाडि चलाउदा दुर्घटना भएको लेखा छन् तर पर्सा प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले फोरम नेपाल नेता रविन्द्र वरनवाललाई हिरासतमा नराखिएको बताएका छन् ।

गाडी ठोकिएपछि सोधपुछको लागि वर्णवाललाई जिल्ला ल्याइएको तर मापसे नगरेको कारण उनलाई छोडिएको प्र.अ रेग्मीले जानकारी दिए । यसमा मापसे गरेको कुरा सरासर गलत भएको रेग्मीले स्पष्ट समेत गरेका छन् ।

तर पत्रकारले नेता वर्णवालले मापसेमा परेपछि पर्सा प्रहरीको हिरासतमा रात गुजारीरहेको अभिव्यक्तिसहितको पोस्ट लेखेका छन् । नेता वर्णवाल घरमा आराम गरिरहेको समयमा पत्रकारले यस्तो दिग्भ्रमित पार्ने समाचरा लेखेर टिआरपि बटुल्न मात्र खोजेको फोरम नेपाल पर्साले जनाएको छ ।

वीरगंज पानीटंकी स्थित सडकमा रविन्द्रको गाडी अनियन्त्रीत भएर डिभाइडरमा ठोकिएको हो, यो एउटा भवित्व्य घटना मात्रैको रुपमा लिन सर्व सधारणमा फोरम नेपालले आग्रह समेत गरेको छ । पर्साका फोरम नेपाल पर्साका कार्याबाहक अध्यक्ष कुर्मीले यस्तो गल्ती आइन्दा नदोह¥याउन पत्रकारहरु संग आग्रह गरेका ।

Back to top