हिमाद्री फुड प्रा।लिको दादागिरी बढ्यो, निर्वाचित जनप्रतिनिधिसँग भेट गर्न अस्वीकार

791



रन्जन यादव जितपुर ९ मङशिर दिनप्रति दिन मजदुरहरुलाई डर ,धम्की देखाई धम्काईरहेको जितपुरको रातोपुल स्थित हिमाद्री फुड प्रा।लि। ले निर्वाचित जनप्रतिनिधिसँग भेट्न पनि अस्वीकार गर्न थालेको छ ।श्रम शोषण गरेको र सौचालयमा ४ घण्टा मजदुर थुनेको समाचार ब्यापक रुपमा प्रकासन भएपछि उद्योगको ब्यवस्थानसँग यथार्थता बुझन वर्डा अध्यक्ष मोहित चौधरी उद्योगमा गएका थिए ।।
अवस्था बुझन गएका निर्वाचित वर्डा नं। ५ का वर्डा अध्यक्ष चौधरीसँग उद्योगका ब्यवस्थापक सरिफुल ईस्लामले भेट्न ठाडै अस्वीकार गरेका छन । जितपुरसिमरा उपमाहानगरपालिका वडा नं। ५ मै उक्त उद्योग पर्ने गर्दछ । वर्डा अध्यक्ष चौधरी बार्ताको लागी पहलकदम्बी गर्न र यथार्थता बुझन गएको समयमा ब्यवस्थापक ईस्लामले भेटन अस्वीकार गरेका थिए ।ब्यवस्थापकको यस्तो क्रियाकलाबलाई वर्डा अध्यक्ष चौधरीले जसरी भएपनि मजदुरलाई पेलेर जाने गलत मानसिकताको उपज भएको बताएका छन यता पैसाको बलमा मान्छे बोलाएर धम्काउने त कहिले प्रहरी बोलाएर आफुहरुले मुल गेटको छेउमा लगाएको टेन्टहरु फाल्दिने गरेको फुड प्रा।लिका एक मजदुर चन्द्रशेखर चौधरीले आरोप लगाए ।मजदुरहरुसँग १२ घण्टा काम गराए पनि पैसा दिने बेलामा ८ घण्टा बराबरको पारिश्रमीक रु ४ सय दिने गरेको छ । उचित पारिश्रमीक सहित २०७४ बमोजिम नियमित रोजगारीको रोजगार सम्बन्ध कायम राख्न ७ सुत्रिय माग गर्दै उद्योगको गेटमा धर्ना दिन लाग्दा बिगत दुई बर्ष देखि कार्यरत मजदुरहरुलाई उद्योगलले ठेक्दारको साहयता लिई चोरीको आरोपमा त कसैलाई काम गर्न नजान्ने भन्दै उद्योगबाट बर्खास्त गर्न थालेको छ ।पत्रकारहरु पनि यस बिषयमा बुझन जाँदा भेटन नमान्ने ,फोन गर्दा फोन नउठाई दिने गरेका छन ।उद्योगको यस्तो क्रियाकलाबलाई कतिपयले दादा गिरीको संज्ञा दिएका छन ।मजदुरहरु यहि ४ गते देखि मजदुरहरुले उद्योगको कामकाज ठप्प पारेर आन्दोलित छन । हिमाद्री फुडस प्रा।लि बंगलादेशी बहुराष्ट्रिय कम्पनी प्रानको हो । यसले चकलेट ,लली पप ,चुईगम लगायतका बस्तुहरु उत्पाद गर्ने गर्छ ।अखिल क्रान्तिकारी मजदुर संघका नेता अर्जुन चिमरीयाले मजदुरहरुले उठाउदै आईरहेको मागहरु कानुनसंवत जायज भएकाले बिलम्ब नगरी उद्योगले पुरा गर्नुपर्ने बताउनुभयो । मजदुरहरुको मागप्रति आफुहरुको एक्बद्धता रहेको बताए ।