×

वीरगंज, मंसिर ९ - प्रदेश नम्बर दुईमा हुने दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागी उम्मेदवारहरु जोड तोडका साथ लागेका छन् । देशको आर्थिकभार सम्भालीरहेको वीरगंज महानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु दिनहु चुनावी प्रचार प्रसारमा लागी परेका छन् भने पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को २ (ख) मा निकै प्रतिश्पर्धा देखिए को छ ।

नेपाली कांग्रेसको तर्फाबाट विजयी सर्राफ प्रतिष्पर्धामा छन् भने बाम गठबन्धनको तर्फाबाट शम्भु गुप्ताले आफ्नो उम्मेद्वारी दिएका छन् त्यासीगरी संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धनबाट लाबाबू राउत गद्दीले आफ्नो उम्मेद्वारी दिएका छन् भने स्वतन्त्र तर्फाबाट राष्ट्रिय जनता पार्टी (राजपा)का पुर्व नगर अध्यक्ष युवा समाजसेवी नेता ओमप्रकाश सर्राफले आफ्नो उम्मेद्वारी दिएका छन् ।

उक्त क्षेत्रमा विभिन्न दलहरुले आफ्नो तरिकाले निर्वाचन प्रचार प्रसार गरे पनि स्वतन्त्र उम्मेदवार सर्राफको चुनावी अभियान सबैभन्दा भिन्न र प्रभावकारी देकिएको छ । अन्य दल केवल पार्टी प्रवेशमा व्यस्थ रहेको बेला सर्राफ भने जनताको विचमा पुगेर भोट मागन व्यस्थ छन् । बिना कुनै पार्टीको झण्डा चुनावी मैदानमा उत्रेका कारण र उनको स्वक्ष छविका कारण पनि जनताले उनलाई पत्याउन थालेका छन् र उहाँ अन्य दलिया उम्मेद्वारीहरु माथि हावी हुदै गएका छन् ।

विगत १ दशक देखि समाजसेवको मार्फत बिशुद्ध रुपले जनताको सेवा गर्दै आएका जुझारु युवा नेता सर्राफको चुनाव चिन्ह मोबाइल छाप प्रती युवा देखि बृद्ध सम्म आकर्षित देखिछन र विभिन्न युवाहरुले उनलाई चुनावी अभियानमा सहयोग समेत पुर्याउदै छन् । विभेदकारी संविधान बिरुद्ध भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी मधेस आन्दोलनका बेला जेल जीवन समेत बिताएका सर्राफलाई विभिन्न संघ संस्थाहरुले प्रेश विज्ञप्ति जारी गरेर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

वीरगंज महानगरापालिकाका मतदाताहरु जहिले पनी स्वच्छ छवि भएका नेतृत्वहरुलाई साथ दिदै आएकाले युवा नेता सर्राफ अन्य सबै उम्मेद्वारीहरुमा भारी बन्दै गएका छन् । स्वच्छ छवी र युवा उम्मेद्वारी भएका कारणले सर्राफलाई यसपालिक जतनाले अवसर दिने समाजका अगुवा एवम् मधेसवादका सर्जक बाबा रामजनम तिवारीका सुपुत्र अखिलेस तिवारीले बताए । उनले भने "कोही कमाउनकै लागी जागिर छोडेर राजनितिमा होमिएका छन् भने कोही कहिल्यै जनताको पिडा मर्का नबुझेकाहरु उम्मेदवार भएका छन् । यि उम्मेदवारहरु बाहेक ओमप्रकाश सरार्फ फरक शैलिका र जनताका सुख दुःखमा सधै सघाउने भएकाले र राजनीतिलाई समाज संग जोडने नयाँ प्रयोग एवं मधेसवाद प्रति समर्पित रहेकाले यिनलाई जिताउनु पर्छ ।"

त्यसैगरी युवा अभियन्ता रवि गुप्ताले भने, "आखिर कहिले सम्म हामी परिवर्तन कुर्ने? सबै नेताले कुरा राम्रै गर्छन तर निर्वाचन पछि आफ्नो अनुहार समेत देखौदैनन तर ओमप्रकाश सर्राफ हामी जनताका नेता हुन्, उहाँले हामी सबै संगै मिलेर काम गरेका छन् र कुनै पदमा नभएको बेला वीरगंजलाई सपार्ने काम सुरु गरिसकेका छन्, अब निर्वाचनमा जित हासिल उहाँले वीरगंज सुधारका लागी पक्कै राम्रो काम गर्ने छन् भन्ने कुरामा बिश्वस्त छु ।"

Back to top