×

रन्जन यादव जीतपुर ८ मङशीर जति जति प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिती नजिकदै छ । त्यती त्यती नै मासु र मदिराको बिक्रिमा बढोत्तरी हुदै गएको छ ।मतदाता र कार्यकर्तालाई रिझाउन बिभिन्न पार्टीका उम्मेदवारहरुले मासु र रक्सीको ब्यवस्था गरेको पाइएको छ । दिनमा ६० किलो देखि ४ क्विन्टल सम्म कुखुराको मासु आफनो पसलबाट बिक्रि बितरण भईरहेको जीतपुरमा कुखुराको मासु बिक्रि गर्दै आएको एक पसलेले बताए ।अरु समय सामान्य रुपले नै बिक्रि हुने मासु ,निर्वाचनको समयमा हवात्तै बढन जाने भएकाले मासु पसलेहरुकोलागि निर्वाचन आउनु दशै आउनुसरह भएको छ ।अरु समय ३ सय ६० रुपैया बिक्रि बितरण भईरहने ब्रोईलर कुखुरा यति खेर प्रति किलो २ सय ६० मा बिक्रिबितरण भईरहेको छ ।

दिउँसै मदिरा र मासुले मस्त मतदाता वा कार्यकर्ता भुईमा लम्पसार परेको भेटन थालेका छन ।नाम नबताउने सर्तमा एक उम्मेदवारले दिनभर देखि बेलुका सम्म आफनो पछि पछि घुम्ने कार्यकर्ताहरुलाई मासु र मदिरा ख्वाईदिनु सामान्य कुरा भएकबो बताए ।आज एउटा पार्टीको रयालीमा घुम्ने कार्यकर्ता अर्को पार्टीले राम्रो खानपिन र सेवा सुबिधाको ब्यवस्था गरिदिएमा रातारात अर्कै पार्टीको कार्यकर्ता भई बिहान अर्कै पार्टीको रयाली वा घरदैलोमा भेटिन्छन । त्यसैले उम्मेदवारको पहिलो रोजाई आफनो कार्यकर्ता खुसी पार्ने नै हुन्छ ।ठुला पार्टीका वा आर्थिक अवस्था सबल रहेका कतिपय उम्मेदवारले निर्वाचन अवधिसम्मकालागि आफनो पार्टीको झण्डा बोक्न र आफनो पक्षमा जनसमर्थन बढीरहेको भनी देखाउन प्रतिदिन ५ सय देखि दुई हजार खानपिन गराई दिने सर्तमा मानिस नियुक्त गर्ने गरेको एक कार्यकर्ताले बताए ।

Back to top