×

वीरगन्ज ७ मंसिर  संघिय समाजवादी फोरम नेपालका जिल्ला सभापति एवंम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार प्रदिप यादवले पर्सा जिल्लाको खेल क्षत्रको विकासको लागी चैतर्फि भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

बीरगंज महानगरपालिका वडा नं ३१ सोलखपुरमा आजबाट शुरु भएको सोलखपुर प्रथम गोल्डकप प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै उम्मेदवार यादवले खेलाडीहरुले खेलमा उत्कृष्टता प्रदर्शन गरेपनी खेलाडीको भक्ता र पुग्ने गरीको डाईट र खानपान उपलब्ध नगराएको कारण खेल क्षेत्र पछाडी पर्दै आएको दुखेसो पोखेका थिए । उनले विग्त २५ वर्षदेखी सत्ताधारी पार्टीहरुको विचौलियाहरुको मारमा खेलाडीहरु पर्दै आएकाले खेल क्षेत्रको विकास हुन नसकेको बताएका थिए । खेल क्षेत्रको विकासका लागी आफू निर्वाचित भएपछी यस भेगको खेल मैदानको उचित प्रबन्ध मिलाउनुको साथै खेलाडीहरुको उचित तलबको समेत व्यवस्था मिलाउने बताएका थिए ।

आज भएको खेलमा सोलकपुर प्रथम गोल्डकप प्रतियोगितामा चौधरी ११ क्लब बाराले ३ गोलको अन्तरले एफ.सि. ईन्टरनेट क्लब हेटैडाँलाई पराजित गरेको छ । निकै रोमाञ्चीत भएको खेलमा एफ सि ईन्टरनेट क्लब हेटौँडाले ३ र चौधरी ११ क्लब बाराले ६ गोल गरेका थिए । कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं १ को क का प्रदेश सभाका उमेदवार जन्नत अंसारी, कलाकार नन्दु श्रीवास्तव, फुटबल सल्लाहकार इश्वर पञ्जीयार, बालेश्वर चौधरी, करेन्द्र चौधरी लगायतको उपस्थिति रहेका थिए । प्रतियोगितामा बारा, पर्सा, मकवानपुर र रौतहटका आठ वटा टिमको सहभागिता हुने आयोजक संस्थाका अध्यक्ष अरुण पञ्जीयारले बताएका थिए ।

प्रतियोगितामा महाबीर यूवा क्लब पर्सा, हाम्रो फूटबल क्लव बीरगंज, यूनिट यूथ क्लव बारा, बीरगंज यूथ क्लव वीरगंज, नेपाल खेलकुद क्लब चपुर र निजगढ फूटबल क्लव बाराको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टिमलाई  नगद पचास हजार तथा ट्रफी र उपबिजेता टिमलाई नगद पचास हजार तथा ट्रफीद्वारा पुरस्कृत गरिने पञ्जीयारले जानकारी गराएका छन् । भोलीको खेल यूनिट यूथ क्लव छातापिपरा र यूथ एकेडेमी बीरगंजको बीच हुने आयोजकले जनाएको छ ।

Back to top