×

वीरगञ्ज, ७ मंसिर पर्साबाट पटकपटक चुनाव जितेर मन्त्रीसमेत बनिसक्दा पनि जिल्ला त परै जाओस् आफ्नो क्षेत्रको विकासमा समेत सिन्को नभाँचेका नेपाली कांग्रेसका सुरेन्दप्र्रसाद चौधरी यतिबेला मतदाता फकाउन सोलार बाँड्दै हिडेका छन् । पर्साको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका चौधरीले आफ्नो पक्षमा मत तान्न सो क्षेत्रको दलित बस्तीमा सोलार बाँडेको खुलासा भएको छ ।

सो क्षेत्रका पर्ने पटेर्वा सुगौलीको दलित बस्तीमा कांग्रेसका उम्मेदवारहरुले सोलार पु¥याएको पाइएको छ । स्थानीय बासिन्दाले रुख छापका मानिस आएर गाउँभरि सोलार बाँडेको बताएका छन् । चौधरीले सो क्षेत्रमा प्रदेशसभा क का उम्मेदवार चन्द्रकिशोर पञ्जियारमार्फत सोलार बाँडेको पाइएको छ । पञ्जियारले प्रतिनिधिसभामा सुरेन्द्र चौधरी र प्रदेशसभामा आफूलाई भोट माग्दै सोलार बाँडेको स्थानीयले बताए । पञ्जियारले दलित बासिन्दाको नागरिकताको फोटोकपी लगेर प्रतिपरिवार एक–एकवटा सोलार दिएको स्थानीयले बताएका छन् । (हेर्नुहोस भिडियो)

निर्वाचन आयोगले मतदातालाई कुनै पनि प्रकारको प्रलोभनमा पार्नु निर्वाचन आचारसंहिताविपरीत हुने बताए पनि सो क्षेत्रमा कांग्र्रेस उम्मेदवारले आचारसंहतिालाई खुलेआम चुनौति दिएका छन् । कारवाहीको अख्तियारी लिएको आयोगले सोलार बाँडेर भोट प्रभावित पार्न खोज्ने उम्मेदवारलाई तत्काल कारवाही गर्नुपर्ने माग सो क्षेत्रका सचेत मतादाताहरुको छ ।

[video width="368" height="640" mp4="http://myedits.net/wp-content/uploads/2017/11/video-1511439577.mp4"][/video]

Back to top