×

वीरगंज, मंसिर ७ - वीरगंज महानगरपालिकाको वडा नम्बर १५ लक्षुमणवामा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार प्रदिप यादवले घरदैलो कार्यक्रम समपन्न गरेको छ ।

लक्षुमणवा बासीले जहिले पनी न्याय दिलाउने उम्मेदवारको पक्षमा भोट दिने भएकाले मधेश आन्दोलनका अगुवा प्रदिप यादवलाई भोट दिने सामुहिक प्रतिवद्धता जनाएका थिए । स्थानीय अगुवा दवारीका राउत अहिरको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा मधेसी जनताको हत्यारा नेपाली काग्रेसले पैसाको खोलो बगाएर उम्मेदवारहरुलाई किन्ने दुस्ससाहस गर्ने उम्मेदवारलाई भोट नदिन पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार प्रदिप यादवले आग्रह गरेका थिए । उनले नेपाली काग्रेसको काला करतुतलाई जनताले कडा प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए ।

लोकतन्त्रको गहण चुनावि प्रकृयामा जनतालाई ठगेर भोट माग्न नपाउने हुदाँ ठग कांग्रेसीहरुलाई बहिष्कार गर्नुपर्ने उनको धारणा थियो ।

निकै उत्साह रुपमा स्थानीय अगुवाहरुको सहभागितामा भएको घरदैलो कार्यक्रममा युवा नेता ईश्वर यादव, रमेश यादव, किसोरी सिंह, विनय गुप्ता, रामबावु साह सोनार लगायतको उपस्थिति रहेको थियो ।

Back to top