×

बारा क्षेत्र नम्बर ४ को फेटा गाउँ पालिकाको फुलवरीया र बतरामा राजपा नेपालले घरदैलो कार्यक्रम गरेको छ । राजपा महामन्त्री एवं बिधायक पदको उम्मेदवार जीतेन्द्र सोनल र सान्सद पदको उम्मेदवार एकबाल मिया लगाएत सयै कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागि थिए ।

सो अवसरमा बिधायक पदको उम्मेदवार सोनलले यो चुनामा मधेसीको जीतले नै मधेसलाई अधिकार सम्पन्न बनाएर विकासमा अघि बढाउने बताए । उनले मधेसीलाई अधिकार सम्पन्न बनाएर समतामूलक विकासका लागि आफूले उम्मेदवारी दिएको समेत स्पष्ट पारे ।

सहभागीहरुले मधेसमा मधेसवादीको जीत निश्चित भइसकेको दाबी गरेका थिए । कार्यक्रममा नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको गठबन्धनका नेताहरुले बताएका छन् ।

कार्यक्रममा राजपा नेता रामचन्द्र सिंह ,फेटा गाउँपालिका ४ को निर्वाचित वार्ड अध्यक्ष वकिल यादव ,राजपाका अजय यादव ,निरजन साह ,रामदेव साह,मदन साह ,मिश्रि मण्डल ,लोहा यादव,बिन्दु साह, नेताको सहभागी रहेको थियो ।

Back to top