×

वीरगंज ३ मंसिर माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको निधन प्रति माओवादी केन्द्रक नेता एवं पर्सा निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महम्द सलिम मंसुरले शोक व्यक्त गर्नुभएको छ । महम्द सलिम मंसुरले आज एक बिज्ञप्ती जारी गर्दै देशले एक होनहार र उर्जावान युवा नेता गुमाएकोमा पार्टी लगायत देशलाई नै क्षति भएको बताएका छन् । यस दुखत घडीमा शोकाकुल परिवार प्रति धैयधारण गर्न आग्रह गर्दै मृत्तक आत्माको चिर शान्तिको कामना समेत गरेका छन । साथै प्रकास दहालको शोकमा निर्वाचन सम्बन्धि कुनै गतिबिधि नभएको समेत जानकार दिनुभयो ।

Back to top