×

बारा १ मंसिर बाराको विश्रामपुर गाउपालिकाको वाड नम्बर २ बरैनीया गाउमा राजपाको रात्री सभा समपन्न भएको छ । सभालाई समबोधन गर्दै राजपा महामंत्री जितेन्द्र सोनलले मधेशमा कंग्रश एमाले र माओबादी पार्टी मधेश बिरोधी संबिधान बनाएको ले मधेश बिरोधी पार्टीलाई मधेशमा मत मांगने कुनै नैतिकता नभएको बताउनु भएको छ । मधेशी जनता आसन्नमा हुने चुनावमा मधेशी पार्टी लाई मतदान गर्ने मन बनाई सकेकोले अब मधेशमा मधेसीको सरकार बन्ने निश्चित भएको बताउनु भएको छ । कार्यक्रममा बारा ४ को प्रतिनिधी सभा उमेद्वार एकबाल मिया , बारा क्षेत्र नम्बर द्ध को अध्यक्ष सिताराम गुप्ता , को उपस्थिती रहेको थियो भने विश्रामपुर वाड नम्बर २ को निर्वा्चित वाड अध्यक्ष अजय कुमार गुप्ता को अध्यक्षतामा कार्यक्रम समपन्न भएको छ ।

Back to top