×

बिरगञ्ज १ मंसिर जिल्ला प्रहरी कार्यालय पर्साले बिभिन्न समयमा बरामद गरेको लागुऔषधहरु शुक्रबार नष्ट गरेको छ । बिभन्न समयमा प्रहरीले बरामद गरेको लागुऔषध गाजा ५ क्विन्टल ७२ केजी,चरेश ३ क्विन्टल २२ केजी चरेशको धुलो ९२ किलो र १९५ वटा अफिमको बोटलाई आगो लगाई नष्ट गरिएको हो । जिल्ला प्रशाशन कार्यालय पर्साका प्रतिनिधिी,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक डा.गण्णेश रेगमी तथा पत्रकारहरुकोे रोहबरमा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top