×

रन्जन यादव जीतपुर २९ कार्तिक दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय अध्यक्ष नारायण प्रसाद देवकोटाले दुध मिल्क होली डे हुनबाट बचाउन सरकारले हरेक प्रदेशमा सहकारीहरुको समन्वयमा कम्तीमा एउटा दुध पाउडर मेसिन राख्नुपर्नेमा जोड दिनुभयो ।

आज डुमरबाना दुग्ध उत्पादक सहकारी संस्थाको २२ औँ बार्षिक साधारण सभा कार्याक्रममा बोल्दै उनले दुधलाई पाउडरमा बदल्ने मेसिनले ब्यवस्था भएमा किसानहरुले दुधमा गरेको लगानी खेर नगई मिल्क होली डे नहुने बताए ।

गाई बस्तुहरुलाई दानामा निर्भर हुने कार्याक्रम सरकारले ल्याउदा दाना महङगो भई दुधको मुल्य बढने भएकाले घाँसमा आधारित कार्याक्रम ल्याउनुपर्ने सल्लाह दिए ।

उनले एउटा अर्को प्रसङगमा बोल्दै हाम्रो समाजमा किसानलाई हेको दृष्टिले हेर्ने परम्परा रहेकाले यसलाई सुब्यवस्थित तरिकाले बिकास गरी चिर्नुपर्नेमा जोड दिए । उनले भने र्, त्यही पेसा बिदेशमा गर्दा मर्यादित हुने स्वदेशमा गर्दा अपमानजनक हुने , किन ? भनेर प्रश्न गरे । डुम्मरवाना दुग्ध उत्पादक सहकारि का अध्यक्ष नारायण अर्यालले संस्थाको गतिबिधिमा प्रकास पारेका थिए भने कार्यक्रम संञ्चालन प्रबन्धक ठगेन्द्र घिमिरेले गरेका थिए । बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि रहेको साधारण सभालाई जितपुर सिमरा उपमहानगरपालिका का मेयर डा, कृष्ण पौडेल, उपमेयर सश्वोति चौधरि, कृषि सहकारि संघका संञ्चालक सिब प्रसाद अदिकारि,संस्थाका भरत बाहादुर खडका, राधेश्याम सिबाकोटि, संञ्चारकर्मि बिदुर खडका लगायत ले संम्बोधन गरेका थिए ।

२ हजार संदस्य रहेको दुध सहकारि ले यस बर्षमा ५० लाख नाफ गरि दैनिक १० हजार दुध संकलन गरि देसको बिभिन्न भागमा बितरण गर्दै आएको छ

Back to top