वीरगंंजमा सञ्चालित INPL क्रिकेट टुर्नामेन्ट खेल रोमाञ्चक

214

बीरगंज २९ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा नेपाल भारत महिला तथा पुरुष INPL क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन चार वटा खेल सम्पन्न भएको छ । वीरगंजको आदर्शनगर रङ्गशालामा सञ्चालित टुर्नामेन्ट अन्र्तगत आज बीरगंज एमेसर र यु.पी.बी. बिच भएको पहिले खेलमा बीरगंज एमेसर ४ बिकेटले बिजय भएको छ ।  त्यसैगरी गंजभवानीपुर आ गहवा बीरगंज बिच भएको दोस्रो खेलमा गहवा ५६ रनले बिजयी भएको छ । त्यसैगरी यु.पी .ए. र कर्नाटका बिच भएको तेस्रो खेलमा यु.पी.ए. ९५ रनले बिजयी भएको छ । त्यसैगरी बिहार महिला क्लब र  उडिसा महिला क्लब बिच भएको चौथो खेलमा बिहार २५ रनले बिजयी भएको   संस्थाका सचिव करण पटेलले जनकारी दिनु भयो ।
आज भएको खेलमा एस.आर.एफ नेपाल र करनाटका बिच भएको खेलमा करनाटका १३ रनले बिजयी भएको छ । त्यसैगरी पि.ए.सि. नेपाल र बिहार बिच भएको खेलमा बिहारले २९ रनले बिजयी भएको छ । त्यसैगरी जि.भि.पि. नेपाल र राजस्थान बिच भएको खेलमा राजस्थानले १३४ रनले बिजयी भएको छ संस्थाका सचिव करन पटेलले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष बिनेश प्रसाद कुर्मीको सभापतित्वमा भएको खेलमा संस्थाका उपाध्यक्ष उमेश कुमार गुप्ता, सचिव करन कुमार पटेल, सहसचिव अमजत अंसारी, कोषाध्यक्ष किरन पटेल, सदस्य कामनी कर्ण, गायत्री थरुनी, पिंकी सर्राफ, दिपा सर्राफ, मन्जु पडित लगायतको विशेष सक्रियता रहेको छ ।