विभिन्न पार्टी परित्याग गरी सयौं फोरममा प्रवेश

1043

Share
  •  
  •  
  •  

वीरगंज २९  कातिक  संघीय समाजवादी फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १२ मा आज कार्यक्रम विच विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरुले फोरम नेपालमा प्रवेश गरेका छन् ।
फोरम नेपालका युवा नेता नेक महम्मद मियाको अध्यक्षता तथा पार्टीका जिल्ला अध्यक्ष एवम् पर्सा क्षेत्र नम्बर १ बाट फोरम(राजपा गठबन्धनका लागी प्रतिनिधिसभा सदस्यका संयुक्त उम्मेदवार प्रदीप यादवको प्रमुख आतिथ्यमा सम्पन्न आजको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उपस्थित सम्पूर्णलाई मशाल छापमा मतदान गरी फोरम नेपाल र राजपा गठबन्धनलाई अत्याधिक बहुमतले विजयी गराउनु अनुरोध गर्नु भएको थियो । उनले मधेसको मुद्दालाई स्थापित गर्न र मधेसमा विकासको लहर ल्याउन फोरम(राजपा गठबन्धनको जित आवश्य रहेको बताउनु भएको थियो । ूआज सम्म हामीले कांग्रेस, एमालेलाई विजयी गराएरा पठायौं तर हाम्रो मधेसमा विकास हुनसकेन, हामि मधेसी हेपियौं, हामि माथि शोषण भयो, हामिले तिरेको कारले पहाड विकास भयो तर हाम्रो लागी केहि भएन, अब पनि हामीले त्यही कांग्रेस र एमालेलाई मतदान गरे हाम्रो विकास सम्भव छैन ।ू उनले भने ।
यादवले जिल्लामा मुस्लिम समुदाय पिछडेका वर्ग भन्दा पनि खसेको अवस्थामा रहेको बताउदै मुस्लिम समुदायको उत्थानका लागी सरकारले समेत केहि नगरेको गुणाषो गर्नु भयो र मधेस सरकार बने पछि मुस्लिमलाई हरेक अधिकार दिलाउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पार्टी प्रवेश गर्नुहरुमा खलिम अन्सारी, आशिक अन्सारी, नौशाद अन्सारी, राजा अन्सारी, फिरोज अन्सारी, तौफिक अन्सारी, वाजिद अन्सारी, चांद अन्सारी, बच्चु अन्सारी, सविव अन्सारी, लाख अन्सारी, रुश्तम अन्सारी, म्स्ताफा अन्सारी, सजाद अन्सारी, विश्नाथ अन्सारी, जिफ अन्सारी, सर्फुदीन अन्सारी, सरोज अन्सारी, सद्दाम अन्सारी, समिर अन्सारी, सलिम अन्सारी, नुरालम अन्सारी, फिरोज अन्सारी, एकलाख अन्सारी, सोएब अन्सारी, सुरज कुमार, सरुण अन्सारी लगयात अन्य सयौंले फोरम नेपालमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई फुल(माला र अविर लगाई कार्यक्रमका सभापति यादवले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष सुन्दर कुर्मी, पर्सा क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार जन्नत अन्सारी, पार्टीका नुर आलम, मुस्तकिम हवारी, वडा नब्मर १३ का वडा अध्यक्ष तूफान फारुक अन्सारी, वडा सदस्य लाल महम्मद मन्सुर, युवाका केन्द्रिय सदस्य नासिर खान, युवा नेता निखिल वर्णवाल, दिप राज वर्णवाल, रोहित वर्णवाल लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here