×

१. तपाईंको उम्मेदवारी किन?

चुनाव जित्नका लागि, जितेर केही गर्नका लागि अनि यस क्षेत्रको बिकासको लागि, पहिचान र आम मधेसी जनताको आत्मसम्मानको लागि ।

२. प्राथमिकताका आधारमा तपाईका तीन मुख्य अजेन्डा बताउनुहोस् ।

परिवर्तन, विकास र आत्मसमानको नारा लिएर मँ चुनावी मैदानमा उत्रेको छुँ । संघीय ब्यवस्था सहितको लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान मधेसी जनताको माग हो । संघीयतालाई मधेशी जनताले आन्दोलन गरेर मुलुकको संबैधानिक र राजनीतिक अजेण्डा बनाए । संबिधान जारी हुने बेला भने मधेशीलाई आत्मीयता महसुस गर्न दिइएन । माग समेट्न भन्दा गोली हानियो । संबिधानलाई संसोधन गराउने र सवैको अपनत्व त्यसमा कायम गर्ने काम ठुला भनिएका दलहरुले हुन नदिन चाहेका छन् । यस राजनीतिक षडयन्त्र बिरुद्ध मेरो उम्मेदवारी हो । अधिकार, पहिचान र विकास स्थापीत गराउने मुख्य अजेण्डा हो मेरो । जनताले मेरो भुमिका देखेका छन्, म भारी बहुमतसाँथ जित्छुँ ।

३. मधेशका अधिकारका लागि संबिधान संसोधन गर्न त प्रतिनिधिसभामा बहुमत चाहिन्छ नी ?

तपाईले भन्न खोज्नु भएको प्रश्नको भाव मैले राम्ररी बुझि सके । एउटा कुरा के बिचार गर्न पर्ने छ भने बहुमतले मात्र हुदो रहेनछ । संबिधान जारी गर्नेहरुसंग त निकै बहुमत थियो । तर, समावेशि ब्यवस्था, समानुपातिक प्रतिनिधित्व, पहिचान, अधिकारमा समाना लगायतका लोकतान्त्रि कुरामा राजनीतिक न्यायका कुरामा उनीहरु बिपक्षमा उत्रिए । अझ हामीले यसको पक्षमा माग राखि आन्दोलित हुँदा हामी माथी गोली चलाइयो । हाम्रा दाजु भाईलाई मारियो । कतिपयलाई मुद्दामा फसाई जेलमा हुलियो । दमन गरियो । सरकारका बर्दी र उर्दी भिडेकाहरु घरघरमा पसेर निर्दोषहरुलाई कुटे । राजनीति माग र मुद्दा सम्बोधनका लागि त्यसको पक्षमा बोल्ने आवाज उठाउने र संघर्ष गर्ने मन र आत्मा चाहिन्छ । हाम्रो बढीभन्दा बढी प्रतिनिधित्व चाहिन्छ सदनभित्र संघर्षका लागि । हामी मधेशी, जनजाति, मुस्लिम, दलित र हरेक पाछाडी पारिएका जनताका लागि सडकमा संघर्ष गरी रहेकै छौं, जितेर गएपछि सदनभित्र पनि गर्छौ ।

४. काँग्रेस र एमालेका उम्मेदवारको दावी छ हामी गराउछौं संबिधान संसोधन । जले गराए पनि कुरा त उही हो नी ?

जालि, जलसाजी र धोकेबाजी कुरा हो यो । जनताले कठालो समातेर सोध्नु पर्यो मधेसीको छाति र निधारमा गोली हान्न लगाएर संबिधान जारी हुने बेला त्यसमा सही किन गरिस् ? मधेसको पक्षमा संसदमा कति पटक बोलिस । आफ्नो पार्टीभित्र आफ्ना नेताहरुसंग कतिपटक बहस गरिस मधेशको पक्षमा ? उनीहरु सधैं जनतालाई ठग्दै आएका छन् फेरी पनि जालमा पार्न चाहन्छन् ।

५. तपाईले जनतासंग भन्ने कुनै एउटा कुरा के छ ?

भोट दिनुस भन्छुँ मलाई मशाल छापमा फोरम राजपा गठबनधनका हरेक उम्मेदवारलाई जिताउनुस् । भोट गर्नुस आफ्नो अधिकारका लागि स्वभिमानका लागि ।

Back to top