फोरमको घरदैलो सद्भाव सेतु बन्दै

653

वीरगन्ज, कातिक २९ – मधेशको पक्षमा सबभन्दा जोरदार आवाज उठाउने नेताको रुपमा परिचित संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्षको लोकप्रीयता मधेसी समुदाय माझ मात्र होला भन्ने सतहबाट देख्दा बुझाई हुन सक्छ । तर यथार्त भने फरक छ । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभाका उम्मेदवार बनेका यादव घरदैलामा निस्किएर टोलटोलमा पुगेको बेला फरक कथा उजागर भइरहेको छ । गैरमधेसी वा पहाडे भनिने समुदायमा उनको लोकप्रीयता उतिकै देखिएको छ ।

संघीय समाजवादी फोरम नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र ५ को विर्ता, रेशमकोठी, कुम्हालटोल, इनर बाइपास, जेलरोड लगायतका स्थानमा बुधवार चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलोको क्रममा गैरमधेसी वा पहाडे भनिने समुदायका मानिसहरुले आफुहरुको यादवलाई भरपुर साँथ, समर्थन रहेको र उनको चुनावचिन्ह मशाल छापमा मतदान गर्ने भन्ने बताए । यसअघि जितेका साँसदले खासै विकास नगरेकाले अब विकासका लागि युवा उम्मेदवार यादवलाई मत दिने उनीहरुले जनाए । मधेस आन्दोलन त्यतिका लामो समय चल्दा पनि त्यो आन्दोलन कुनै समुदाय लक्षित भने भएन् ।

त्यस कारण आन्दोलन जनपरिचालन समितिका तत्कालीन संयोजक रहेका यादवलाई सद्भावको सेतुको रुपमा उनीहरुले लिएका छन् । उतिबेला मधेश आन्दोलनका नेतृत्वकर्ता अहिले फोरम र राजपामा रहेका नेताहरुले आन्दोलनकारीलाई कुनै समुदायप्रति लक्षित हुन दिएनन् । त्यसतै वीरगन्जका नेवार र पहाडे समुदायका पुरुष तथा महिलाहरु मधेश आन्दोलनको समर्थनमा सडकमा ओरलिए, नारा लगाए, सिमामा पुगेर केन्द्रीय सतामा रहेको सरकार र दलहरु बिरुद्ध धर्नामा बसे । त्यो अभुतपुर्व सद्भाव यतिखेर चुनावी घरदैलोमा पनि देखिन्छ ।

नेता यादवले आफु मधेसको अधिकारको लागि तन, मन, धनले समर्पित सिपाही भएसंगै समाजिक सद्भाव र सहिष्णुताको सदैव पक्षधर र सबैको साझा विकासको उदेश्य लिएर चुनावमा उत्रिएको उम्मेदवार भएको प्रतिक्रिया दिए । प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यका लागि पर्सा १ को (दुई)बाट उम्मेदवार रहेका विद्वान तथा प्रखर मधेसी नेता लालबाबु राउत गद्दी पनि यादवसंगै घरदैलोमा सामेल थिए । त्यसतै जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी, फोरम नेपालका प्रदेश सचिव सलाउदीन अहमद, युवा नेताहरु, इश्वर यादव, प्रकाश शर्मा, कुन्दक सिंह कुर्मी, अमोद यादव, दिपराज बर्मा, निखिल बर्णवाल, राजपा नेता रामप्रसाद यादव, युवा नेता राजन रौनियार, सन्तोष पटेल लगायतको उपस्थिती थियो ।

पार्टी प्रवेश

यसैविच बुधवार बिहान भएको पार्टी प्रवेश कार्यक्रम पनि सम्पन्न भएको छ । बाम एकता गरेर मधेशको आन्दोलनका मुद्दा सम्बोधन र नेपालको लोकतान्त्रलाई कम्युनिष्टहरु लागि परेकोले यता मधेसी र लोकतन्त्रवादीहरु एकजुट हुनु पर्ने बताउदै २९ जनाले फोरम नेपालमा पैवेस गरेका छन् ।

फोरम नेपालमा प्रवेश तथा ऐक्यबद्ध भएकाहरुमा ईन्द्र मानन्धर,बालकुष्ण ताम्रकार,केशब अधिकारी,बीजय थापा,लक्ष्मी गिरी,सन्धय देवी,आसमा खातुन लगायत प्रबेस गरेका छन् ।