घरदैला कार्यक्रममा नेता सोनलको लोकप्रीयता बडदैई

499

बारा २९ कार्तिक मधेशको पक्षमा सबभन्दा जोरदार आवाज उठाउने नेताको रुपमा परिचित राजपा नेपालका लोकप्रीयता मधेसी समुदाय माझ मात्र होला भन्ने सतहबाट देख्दा बुझाई हुन सक्छ । तर यथार्त भने फरक छ । बारा क्षेत्र नम्बर ४ बाट प्रदेश सभाका उम्मेदवार बनेका जितेन्द्र सोनल घरदैलामा निस्किएर टोलटोलमा पुगेको बेला फरक कथा उजागर भइरहेको छ । गैरमधेसी वा पहाडे भनिने समुदायमा उनको लोकप्रीयता उतिकै देखिएको छ । बारा क्षेत्र नम्बर ४ को परवानीपुर गाउपालिकाको बुनियादमा आज घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलोको क्रममा गैरमधेसी वा पहाडे भनिने समुदायका मानिसहरुले आफुहरुको सोनललाई भरपुर साँथ, समर्थन रहेको र उनको चुनावचिन्ह मशाल र छापमा मतदान गर्ने भन्ने बताए । यसअघि जितेका साँसदले खासै विकास नगरेकाले अब विकासका लागि युवा उम्मेदवार सोनललाई मत दिने उनीहरुले जनाए । मधेस आन्दोलन त्यतिका लामो समय चल्दा पनि त्यो आन्दोलन कुनै समुदाय लक्षित भने भएन् । त्यस कारण आन्दोलन जनपरिचालन समितिका तत्कालीन संयोजक रहेका सोनललाई सद्भावको सेतुको रुपमा उनीहरुले लिएका छन् । उतिबेला मधेश आन्दोलनका नेतृत्वकर्ता अहिले राजपामा रहेका नेताहरुले आन्दोलनकारीलाई कुनै समुदायप्रति लक्षित हुन दिएनन् । त्यसतै बाराका नेवार र पहाडे समुदायका पुरुष तथा महिलाहरु मधेश आन्दोलनको समर्थनमा सडकमा ओरलिए, नारा लगाए, सिमामा पुगेर केन्द्रीय सतामा रहेको सरकार र दलहरु बिरुद्ध धर्नामा बसे । त्यो अभुतपुर्व सद्भाव यतिखेर चुनावी घरदैलोमा पनि देखिन्छ । नेता सोनलले आफु मधेसको अधिकारको लागि तन, मन, धनले समर्पित सिपाही भएसंगै समाजिक सद्भाव र सहिष्णुताको सदैव पक्षधर र सबैको साझा विकासको उदेश्य लिएर चुनावमा उत्रिएको उम्मेदवार भएको प्रतिक्रिया दिए । प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यका लागि बारा क्षेत्र नं.४ बाट उम्मेदवार रहेका विद्वान तथा प्रखर मधेसी नेता र सान्सद पदको उम्मेदवार एकबाल मिया पनि सोनलसंगै घरदैलोमा सामेल थिए ।