×

काठमाडौं २८, कार्तिक – पर्साका चर्चित जुडो प्रशिक्षक पृथ्वी आलोक कुशवाहालाई पर्सा मिलन केन्द्र, काठमाडौंले आइतबार सम्मान गरेको छ । १९औँ पर्सा दिवसका अवसरमा केन्द्रले ललितपुरको हरिहर भवनस्थित नेपाल परिवार नियोजन संघको सभाकक्षामा आयोजना गरेको कार्यक्रम पृथ्वीलाई जुडोमार्फत खेलकुदको विकास र विस्तारमा योगदान गरेकोमा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

उनलाई लाई राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाई सम्मान गरेका थिए ।

पृथ्वी प्रशिक्षकका साथै इन्टरनेसनल कन्टिनेन्टल रेफ्री पनि हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका २७ वर्षे पृथ्वीले ६ वर्षको उमेरदेखि जुडो खेल्न सुरु गरेका थिए ।

खेलाडीका रूपमा उनले विभिन्न संस्करणको राष्ट्रिय जुडोमा २ स्वर्ण, ३ रजत र ५ कांस्य जितेका छन् । २०६२ सालमा सक्रिय खेलाडी जीवनबाट सन्यास लिएका पृथ्वी २०६५ सालदेखि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिमा करार सहायक प्रशिक्षकका रूपमा कार्यरत हरेका छन् ।

Back to top