×

वीरगन्ज २८ कार्तिक मधेशी जनताको खोसेको अधिकार सुनिश्चित गराउन संसदमा आएको संविधान संशोधन प्रस्तावलाई नेपाली कांग्रेस र यसका प्रमुख नेताहरुको ग्रयाण्ड डिजाइनमा विफल बनाइएको खुलासा भएको छ । नेपाली कांग्रेसलाई स्थानीय चुनावदेखि प्रतिनिधि र प्रदेश सभा सम्मको चुनावमा फाईदा पुर्याउनको लागि बिमलेन्द्र निधिकै योजनामा संविधान संशोधन प्रस्ताव विफल बनाइएको कुरा अब बाहिर आएको छ ।

संविधान संशोधन विफल बनाए नेपाली कांग्रेसले स्थानीय चुनावमा १०० सिट जित्ने दाबि निधिले सार्वजनिक रुपले गरेका थिए । तर ४० सिटमै खुम्चिए पछी नेपाली कांग्रेसका अन्य नेताहरुले बिमलेन्द्र निधिको आकलनमाथि प्रश्नचिन्ह खडा गरेका थिए ।

संविधान संशोधन प्रस्तावलाई जसरी पनि पारित गराउननै नेपाली कांग्रेस र माओवादी केन्द्रको सट्टा समीकरण बनाइएको थियो जसमा राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलहरुले सरकारमा बसेर समर्थन गर्न तयार भएका थिए भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले बाहिरबाट समर्थन गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास असफल भएपछि उनले समयमै सत्ता परित्याग गरि नेपालि कांग्रेसका सभापति शेरबहादुरलाई सत्ता सुम्पिएका थिए । संविधान संशोधनलाइ जसरी पनि पारित गराएर स्थानीय चुनावको वातावरण बनाउन एमाले बाहेकका सबै दल एकजुट भएका थिए । तर नेपाली कांग्रेस भित्रै केही शिर्ष नेताहरु भने संशोधन प्रस्ताव विफल गराउन षड्यन्त्र गरि रहेका थिए ।

सरकारसंग जति सुकै मतभेद भए पनि राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधनलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले राप्रपा संसदीय दलको बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने आधिकारिक निर्णय गर्दै व्हिप सम्म जारि गराएका थिए । उता राप्रपा बाट असन्तुष्ट पशुपति शमशेर राना गुटका सांसदहरु पनि कमल थापा संग सरकारमा सहभागिताको विषयमा मतभेद रहे पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने कुरा सार्वजनिक रुपमै भन्दै आएका थिए ।

सरकार संग एमाले बाहेकका अरु साना दलहरुले पनि प्रतिपक्षको गठबन्धनलाई छोडेर संविधान संशोधनको पक्षमा मतदान गर्न तयार भएको घोषणा समेत गरि सकेका थिए । यति मात्रै होईन एमालेक कम्तिमा पनि २५ वटा मधेशी, जनजाती सांसदहरुलाई स्ट्याण्डबाई राखिएको थियो । सरकारले संविधान संशोधनको पक्षमा आवश्यक दुइ तिहाई बहुमत आउने पक्का विश्वास भए पछि संशोधन विधेयकलाई सदनमा निर्णयार्थ पेश गर्ने निर्णय गर्ने तयारीमा थिए ।

तर रातारात सरकार आफ्नो निर्णय बाट पछि हट्यो । यसको पछाडी देउबाका बिश्वासपात्र र कांग्रेसका कार्यवाहक सभापतिको समेत भूमिका निर्वाह गरिसकेका बिमलेन्द्र निधिले षड्यन्त्रपुर्वक संविधान संशोधनको प्रस्तावलाई सदनमा पेश हुन् बाट बंचित गराएका थिए । देउवाले निधिकै प्रस्तावमा संविधान संशोधन बिधेयकलाई केही दिनको लागि पछि सार्ने निर्णयमा पुगेका थिए ।

श्रोतको प्रशन छ -आखिर के कारण थियो त पारित हुनै लागेको संशोधन प्रस्तावलाई रातारात रोकियो ? दुई तिहाई आवश्यक बहुमत जुटाउन सफल भए पछि पनि संशोधन बिधेयकलाई सदनमा निर्णयार्थ पेश हुन दिईएन ? संशोधन विधेयक पारित हुन बाट रोकेर बिमलेन्द्र निधि र यहाँको पार्टीलाई के फायदा भयो त ? बाहिर-बाहिर मधेशीको हक हितमा कुरा गर्ने बिमलेन्द्र निधिले मधेशीमाथि नै किन घात गरे ?

संविधान संशोधनको बिषयलाई लिएर लामो समय आन्दोलन गरेको राजपाले स्थानीय चुनावमा सहभागी हुन संविधान संशोधन पारित हुनु पर्ने शर्त राखेका थिए । संविधान संशोधन पारित भए त्यसको सम्पूर्ण चुनावी फाईदा राजपालाई पाउने अनुमान गर्दै पहिलो पटक संविधान संशोधन बिधेयकलाई सदनमा प्रस्तुत गर्नबाट कांग्रेसले रोकेको थियो । बिमलेन्द्र निधिले संशोधनलाई रोके पछि राजपाले दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन पाएनन् । बिमलेन्द्र निधिको राजपालाई चुनावबाट बंचित गराउने षड्यन्त्र सफल भयो ।

निधिले कांग्रेसक शिर्ष नेताहरुलाई यस कुराको लागि राजि गराए की तेस्रो चरणमा राजपा सहभागी नभए नेपाली कांग्रेसले १०० भन्दा बढी सिट ल्याउन सक्छ । त्यहि भएर सके सम्म संविधान संशोधन बिधेयक पारित गराउन सदनमा प्रस्तुतनै गर्न नदिने र राजपाको दबाबमा यदि प्रस्तुत गर्नै पर्यो भने संशोधन बिधेयकलाई जसरि पनि असफल गराउने रणनीति अख्तियार गर्ने नीति कांग्रेसले लियो । राजपाले निधिको यो षड्यन्त्र थाहा पाए पछि जसरि पनि संविधान संशोधन बिधेयकलाई जसरि पनि सदनमा प्रस्तुत गराउने र विफल भएको खण्डमा पनि जनताको बीचमा गएर कांग्रेस र बिमलेन्द्र निधिको यस षड्यन्त्र बारे भण्डाफोर गर्ने निर्णय गर्यो ।

अत्यधिक दबाब पछि बिमलेन्द्र निधिको केही सुइँको चलेन र नेपाली कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधन बिधेयक सदनमा प्रस्तुत गर्न बाध्य भयो । त्यति बेला पनि नेपालि कांग्रेसका नेता बिमलेन्द्र निधिले संशोधन कुनैपनि हालतमा पारित नहोस भन्ने योजनामा काम गरि राखे । त्यसका लागि निधिले राप्रपा समेत अन्य साना दलहरुलाई संशोधनको पक्षमा मत नहाल्न बाध्य बनाए । साथै संशोधनको पक्षमा मतदान गर्न तयार बसेका एमालेका केही सांसदहरुको सुचना समेत उनले लिक गरेको आरोप कांग्रेस भित्रकै नेताहरुले लगाउने गरेका छन् ।

निधिको एकमात्र लक्ष्य थियो जसरी पनि संविधान संशोधन विफल गराएर राजपालाई चुनावबाट टाढा राख्नु । निधिको बुझाईमा यदि संविधान संशोधन सफल भयो भने त्यसको सबै जश राजपाले पाउने र चुनावमा सम्पूर्ण फायदा राजपालाईनै हुने छ । राजपालाई फाईदा पुग्दा नेपालि कांग्रेसलाइ घाटा हुने भएको हुनाले दुई नम्बर प्रदेशमा आफ्नो आधिपत्य जमाउन राजपालाई सके सम्म चुनाव भन्दा टाढा राख्ने र नभए संशोधन प्रस्ताव विफल बनाउनमा नै लागे ।

जब संविधान संशोधन विफल हुने निश्चित भयो अनि मात्रै देउबा सरकारले यो बिधेयकलाई सदनमा निर्णयार्थ प्रस्तुत गरि विफल बनाइयो । विफल भए पछि बिमलेन्द्र निधिले दुइ नम्बर प्रदेशको स्थानीय चुनावमा १०० सिट जित्ने दाबि गरे पनि ४० सि सिटमा सिमित भएको छ ।

Back to top