×

वीरगंज, २८ कातिक - विश्व मधुमेह दिवसको अवसरमा वीरगंजके विभिन्न लायन्स क्लबहरुको अगुवाईमा सचेतनामूलक -याली निकालिएको छ ।

लायन्स क्लब अफ वीरगंज राइजिंग, गेटवे, ग्रीन, गोल्डेन स्पैरो, सिल्भर स्प्रिंग र मोदी इंस्टीच्यूट एण्ड ट्रेनिंग सेंटरको संयुक्त आयोजनामा निकालिएको मधुमेह सचेतना -याली वीरगंजको घण्टाघरबाट शुरु भई माइस्थान, महावीरस्थान, अलखिया मठ, कैलाश चोक, घडिअर्वा पोखरी, माइस्थान हुँदै पुनः घण्टाघर पुगेर कोणसभामा परिणत भई सम्पन्न भएको थियो ।

लायन्स क्लबका एम्बेसडर अफ गभर्नर लायन उमेश साह कानुले संचालन गर्नु भएको कोणसभामा प्रमुख अतिथि नेपाल स्काउट पर्साका अध्यक्ष जे.पी. चक्रवर्ती, डा. आर.पी. खेतान लगायतले मधुमेह रोग, लाग्नुको कारण र बच्ने उपायहरु बारे प्रकाश पार्नु भयो ।

रिजन चेयर पर्सन प्रजय हरलालकाको नेतृत्वमा निस्केको सो -यालीमा विभिन्न लायन्स क्लबका अध्यक्ष एवम पदाधिकारी लायनहरु डा. महेश्वर कुर्मी, मिनाक्षी गुप्ता, रामबिहारी पाण्डे, रोहित टेमानी, अनुप अग्रवाल, राजेश वर्णवाल, आरती चौधरी, पवन भंगेरिया, सोनू शर्मा, विजय कुशवाहा, सुमन टिबडेवाल, शिल्की चाचान, लियो सरिता खड्गी लगायतको उपस्थिति रहेको थियो ।

-यालीमा मेरीगोल्ड मावि र आदर्श स्कूलका शिक्षक एवम विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Back to top