×

बीरगञ्ज २८ कात्तिक माछा मासु व्यवसायी संघ वीरगन्जका अध्यक्ष महम्मद असार अन्सारी , संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ४ मा आज फोरम नेपाल पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माछा मासु व्यवसायी संघ वीरगन्जका अध्यक्ष महम्मद असार अन्सारी आफना सम्पूर्ण पदाधिकारी र सदस्यहरु सहित फोरम नेपालमा प्रवेश गर्नु भएको हो ।

कार्यक्रममा फोरम नेपाल पर्साका अध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादव र फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एंव पर्सा क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउत गद्धीले नवप्रवेशीहरुलाइ अबीर टिका र फुलमाला लगाएर पार्टीमा स्वागत गर्नु भयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले मधेसी जनताको चाहना अनुसार नै फोरम नेपाल र राजपाको चुनावी गठबन्धन बनेकाले अब मधेशी जनताले यो गबठन्धनलाइ आगामी चुनावमा अत्याधिक मत दिएर जिताउनु पर्ने बताउनु भयो ।

संविधनमा मधेसीका हक अधिकार सम्बोधन नभएकाले संविधान संशोधनको एजेण्डा मधेसी गठबन्धनले अहिले पनि नछाडेको भन्दै यादवले संविधान संशोधनका लागि पनि मधेसी गठबन्धनका उम्मेदवारको जित अपरिहार्य रहेको बताउनु भयो ।

मधेसी जनता माथि गोली चलाएर मधेस विरोधी संविधान जारी गरिएको कालो दिन मधेसका जनताको मानसपटलमा अहिले पनि ताजै रहेको भन्दै यादवले मधेसी जनता माथि गोली चलाउने खस शासक र खसवादी दलहरुलाइ त्यसको जवाफ आसन्न निर्वाचनमा मधेसी जनताले दिने बताउनु भयो ।

कार्यक्रममा झगरु मिया , सौरभ मिया , असुब मिया , वीरेन्द्र खड्गी , महम्मद कयश अन्सारी , मन्सुर आलम , इस्लाम मिया लगायतका सयौ जना फोरम नेपालमा प्रवेश गरेको फोरम नेपालका युवा नेता निखिल वर्णवालले बताउनु भयो ।

कार्यक्रममा फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउत गद्धी , केन्द्रिय सदस्य करिमा बेगम , वीरगन्जका पूर्व मेयर प्रदीप सुबेदी , फोरम नेपालका नेता शुसिल भटटराइ लगायतका नेता कार्यकर्ताहरुपनि सहभागीता रहेको थियो ।

Back to top