मधेसको अधिकार र विकासका लागि युवा उम्मेदवारको विकल्प छैन : नेता सर्राफ

670

वीरगंज कातिक २८ – पर्सा जिल्ला क्षेत्र नं. १ को २ (ख) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फले मधेसको अधिकार र विकासका लागि युवा उम्मेदवार विकल्प नरहेको बताउनु भएको छ ।

आज वीरगंज महानगरपालिकाको वडा नम्बर १५ को भेडियाहि, भिस्वाटोल लगायतका स्थानमा घरदैलो कार्यक्रम गर्नु हुदै नेता सर्राफले प्रदेशसभा सदस्यको लागि मोबाइल छापमा मतदान गरी भारी मतले बिजयी बनाउन मतादाताहरुसंग आग्रह गर्नु भयो । कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुले बिगत समयमा जितेर गए पनि आफ्नो व्यक्तिगत स्वार्थ मात्र पुरा गरेकोले आज मधेस अधिकार, बिकास बिहन भएकोमा जोड दिनु भयो ।

राजपाका पुर्व वीरगंज नगर अध्यक्ष समेत रहनुभएका उम्मेदवार सर्राफ, राजपाका पूर्व राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी, मानवअधिकारकर्मी हरेन्द्र बाबा, लालबाबु सिंह, युवा नेता हृदयनारायण सर्राफ, राधेश्याम सोनी, बिजय जैसवाल, रबि गुप्ता, पंकज पटेल, नितेष गुप्ता, उपेन्द्र सर्राफ, रोशन मोदी, पन्नालाल पटेल, रिजर्व खालीद, प्रकाश सर्राफ, प्रकाश रौनियार, विष्णु शर्मा लगायतकाले घरदैलो कार्यक्रममा प्रदेशसभा ख बाट स्वतन्त्र उम्मेदवार सर्राफलाई मोबाइल चिन्हमा मतदान गरी भारी मतले बिजयी बनाउन आग्रह गर्नु भएको थियो ।