मतदाताहरुको मुटु-मुटुमा बसे रौनियार

3390

वीरगञ्ज २८ कार्तिक पर्सा क्षेत्र नम्बर ३ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारहरुले घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र तुल्याएका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियार र प्रदेशसभा सदस्यका उम्मेदवार प्रह्लाद गिरी , शिवनन्दन चौधरी , बडा अध्यक्ष चोक्दन यादव ,भगवान दास ,राजेश्वर रौनियार ,कमल महतो ,विजय रौनियाले मंगलबार पर्साका सिरिसिया र मानिप’रमा घरदैलो गरेका हुन् । सो अवसरमा रौनियारले आफ्नो क्षेत्रको विकास र अधुरो अधिकार आन्दोलनलाई उद्देश्यमा पु¥याउनु नै आफ्नो लक्ष्य भएको बताए ।
रौनियारले मधेसमाथि भएको विभेदको अन्त्य र समृद्धिको लागि मशाल चिन्हमा मतदान गरी आफूहरुलाई विजयी गराउन मतदाताहरुसमक्ष आग्रहसमेत गरे । प्रदेशसभा सदस्य पदका उम्मेदवार गिरीले शासन सत्तामा मधेसी स्थापित भएमात्र अधिकार प्राप्त हुन भन्दै आफूहरुलाई जिताउन आह्वान गरे । घर दैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियार मतदाताहरु छातीमा छाती मिलाई यसपलि रौनियारको जित निश्चित रहेको भनेका थिए ।
यसअघि सोमबार राति उम्मेदवारहरुले घरदैलो सम्पन्न गरेका थिए । घरदैलोमा देखिएको मतदाताको समर्थनले आफूहरु अत्यन्तै उत्साहित भएको उम्मेदवारहरुले बताएका छन् ।