×

वीरगंज २८ कार्तिक बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्का उम्मेदवार राजकुमार गुप्ता आज पनि घरदैलो तथा चुनावी सभालाई निरन्तरता दिनुभएको छ । नेता गुप्ताले बाम गठबन्धनका स्थानिय नेताहरु संग बिशेष परार्मश तथा रणनितीको बारेमा छलफल गर्नुभएको छ । गुप्ताले बाम गठबन्धनका स्थानिय तह देखि क्षेत्रिय नेतालाई आम मतदाताहरुलाई बाम गठबन्धन र एमाले सरकारको काम बारे प्रकास पार्न आग्रह गर्नुभएको थियो । सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार नागेन्द्र चौधरी , छोटेलाल यादव, लगायत स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।

यता पर्सा निर्वाचन क्षेत्र नं. २का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महम्द सलिम मंसुर पनि बिहानै देखि घरदैलो तथा चुनावीलाई निरन्तरता दिनुभएको छ । वहाँले आज डकैला बहुअरीको गाँउ टोलमा पुगी मतदाताहरु लाई आफनो योजनाबारे जानकारी गराउनुभएको थियो । माओवादी केन्द्रको तर्फबाट बाम गठबन्धनका साझा उम्मेदवार रहेका मन्सुरले आज गा्रमिण भेगका जनता संग बिशेष चुनावी छलफल गर्नुभएको छ । नेता मंसुर संगै प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र साह लगायत स्थानिय नेताहरुको सहभागिता रहेको थियो ।

Back to top