प्रदीप यादवको घर दैलोमा जनताको उत्साह व्यापक

3263

वीरगन्ज कातिक २८ – संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ को घरदैलो मंगलवार वीरगन्जको छप्कैया र घुसुकपुरमा भएको छ । घर दैलोको क्रममा स्थानीयले ब्यापक उत्साहजनक रुपमा फोरम नेपालका पर्साका जिल्ला अध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव तथा घर दैलोमा गएका नेता कार्यकर्तालाई स्वागत गरे ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले संबिधानमा मधेश र मधेसीको हक अधिकार बहाली गर्न गरेको गत मधेश आन्दोलनमा जनपरिचालन समितिको संयोजक भएर अहोरात खटेका यादव मधेश भावनासंग जोडिएका आम मानिसहरुका लागि आकर्षणका केन्द्र बनेका छन् । कतिपयले यादवलाई घरको दैलोमा आएको देखेर स्वागत गरे । मधेशको सच्चा पहरेदारको रुपमा यादवको पहिचान छ । काँग्रेस र एमालेले मधेशमाथी दमन गरी मधेश बिरोधी संबिधान जसरी पनि ल्याउन बन्दुक र बलको साहारा लिरहेको बेला यादव आन्दोलनकारीसंग काँधमा काँध मिलाए मिलाएर आन्दोलनको नेतृत्व गरिरहेका थिए । उनको उक्त भुमिकाले मधेशको नायकको रुपमा यादवको पहिचान बनेको भन्ने घरदैलोमा पाइएको जनउभारले देखिन्छ ।

यादवको जित सुनिश्चित भएको भन्दै स्थानीयले आर्शिवाद र शुभेच्छा प्रगट गरे । त्यसै गरी घर दैलोमा सामेल मधेशका विद्वान नेता लालबाबु राउत गद्दीलाई पनि जनताले घर दैलोमा स्वागत गर्दै जितको लागि शुभकामना प्रगट गरे । घरदैलोमा पुर्वमन्त्री करिमा बेगम, युवा नेता शुशिल साह कानू, फोरम नेपालका प्रदेश सचिव सलाउदीन अहमद, युवा नेताहरु, इश्वर यादव, प्रकाश शर्मा, कुन्दन सिंह कुर्मी, अमोद यादव, दिपराज बर्मा, निखिल बर्णवाल, रोहित बर्णवाल लगायतको सहभागिता थियो ।