×

बीरगञ्ज २८ कात्तिक संघीय समाजवादी फोरम नेपाल र राजपा पर्सा गठबन्धनको बैठक आज वीरगन्जमा सम्पन्न भएको छ । बैठकले राजपा पर्साका अध्यक्ष प्रेमबाबु पटेलको संयोजकत्वमा सात सदस्यिय राजपा फोरम नेपाल गठबन्धन निर्वाचन समन्वय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव , जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी , सचिव नागेन्द्र यादव र मधेस प्रदेश सचिव सलाउदीन अहमद तथा राजपाका नेताहरु कृष्णा पटेल र वीरेन्द्र यादव रहनु भएको छ । बैठकले पर्साका चार वटै निर्वाचन क्षेत्रमा राजपा र फोरम नेपाल गठबन्धनका असन्तुष्ट नेता कार्यकर्ताहरुलाइ सन्तुष्ट बनाइ आसन्न निर्वाचनमा सकृय रुपमा परिचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पर्सामा उम्मेदवारी दिएका फोरम राजपा गठबन्धनका उम्मेदवारहरुलाइ विजयी बनाउन जिल्लाका सबै नेता कार्यकर्ताहरुलाइ सकृय रुपमा लाग्न निर्देशन समेत दिने निर्णय गरेको छ । प्रेमबाबु पटेलको अध्यक्षतामा बसेको बैठकमा फोरम नेपालका राष्टिय उपाध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ को खका प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउत गद्धी , पर्सा क्षेत्र नम्बर २ को क का प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मी , मधेसी स्वास्थ्यकर्मी संघका केन्द्रिय अध्यक्ष बालकिशोर यादव, फोरम नेपालका विधार्थि नेता अमोद यादव , प्रेस मन्चका अध्यक्ष सन्तोष पटेल लगायतको उपस्थिती रहेको थियो ।

Back to top