×

वीरगन्ज २८ कातिक इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदान गर्दै आएको सुबिसु केवलनेटले क्लियर टिभी सेवामा २०० भन्दा बढी एचडी तथा डिजिटल च्यानलहरू समावेश गरेको छ । सुबिसु केवलनेट नेपालकै सबैभन्दा बढी एचडी तथा डिजिटल च्यानलहरू प्रदान गर्ने कम्पनी भएको भन्दै खेलकुद, चलचित्र तथा वृत्तचित्र, संगीत र जीवनशैली आदिअन्तर्गत पर्ने २०० भन्दा बढी एचडी तथा डिजिटल च्यानलहरूले विभिन्न प्रकारका दर्शक तथा ग्राहकहरूको आवश्यकता र अपेक्षा पूर्ति गर्ने कम्पनीको विश्वास रहेको जनाएको छ । हाल सुबिसु केवलनेटको क्लियर टीभी सेवामा ५० भन्दा बढी एचडी र १५० भन्दा बढी एसडी च्यानलहरू उपलब्ध छन् । याे सुभिदा वीरगन्जमा उपल्बध छ ।

Back to top