जेल जाने भएपछि विदेश भाग्ने तैयारीमा डा. अशोक साह र डा. रेखा शाह

8324

वीरगंज, २८ कात्तिक वीरगंज महानगर–१० आदर्शनगरस्थित शाह नर्सिङ्ग होमको नामले चर्चित श्रीमती प्रभावतिदेवी शाह नर्सिङ्ग होममा जनस्वास्थ्य कार्यालय, पर्साले सिलबन्दी गरिदै संचालकलाई जेलमा लग्ने त्यारी गरिहेको जनस्वास्थ्य कर्मचारीले बताएका छन । सोह योजाना अनरुप आज पर्सामा रहेका ख्याती प्राप्त शाह नर्सीग होमलाई जिल्ला प्रशासान कार्यलय पर्साले अनिश्चित कालिनका लागि सिलबन्दी गरेको छ । नर्सिग होममा सुरक्षा निकायले ताला बन्दि गरेपछि प्रभावती देवी शाह नर्सिङ्ग होम डा. अशोक शाह र डा. रेखा शाह अहिले जेल जाने डरले बिदेश भाग्ने त्यारीमा रहेको उनका एक छिमेकीले बताएका छन । २०४७ सालमा स्थापना भएको सो नर्सिङ्ग होमले हालसम्म नवीकरण नगरेको कारण सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रजिअ दुर्गादत्त पौडेलले बताए ।
शाह नर्सिङ्ग होमविरुद्ध चार महिना अगाडि उजुरी परेको थियो । उजुरीपछि जनस्वास्थ्य कार्यालयले नर्सिङ्ग होमसँग कागजात माग गर्दा उपलब्ध नगराएको कारण जिल्ला प्रशासनलाई नर्सिङ्ग होममा तालाबन्दी गर्न जनस्वास्थ्यले अनुरोध गरेको थियो ।जिल्ला प्रशासन कार्यालय, पर्साले कारबाई प्रक्रिया अगाडि बढाउँदा नर्सिङ्ग होमले पेश गरेको कागजातबाट स्थापनाकाल २०४७ पछि हालसम्म नवीकरण नगरेको फेला परेको कारण नर्सिङ्ग होममा शिलबन्दी गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले नवीकरणबापतको हालसम्मको रकम चुक्ता गरेपछि तालाबन्दी खुल्न सक्ने जनाएको छ । श्रीमती प्रभावती देवी शाह नर्सिङ्ग होम डा. अशोक शाह र डा. रेखा शाहको नाममा दर्ता छ ।