×

विरगंज २८ कातीक नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतीनीधी सभाका उम्मेदवार अजय कुमार चौरसीयाले मंगलबार पनि घर दैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।प्रनिनिधि सभाका उम्मेदवार चौरसीया र क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभा उम्मेदवार रामरुप कुर्मी सहितको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६,९ र १० मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन । वीरगंजको घडिअर्वाबाट पुर्व मन्त्री समेत रहेका उम्मेदवार चौरसीयाको नेतृत्वमा निकालीएको घरदैलो कार्यक्रममा स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।

Back to top