705

वीरगंज,२७ कार्तिक । प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले विभिन्न समयमा पक्राउ परेका लागुऔषध कारोबारीलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मधवन ६ निवासि२५ बर्षिय पुष्पलाल साह, बारा जितपुर सिमरा ४ निवासी २२ बर्षिय सुमित तामाङ, पर्साको पोखरीया नगरपालिका १ स्थायी घर भइ हाल चितवनको राप्ती नगरपालिका ४ भण्डारा बस्दै आएका २८ बर्षिय कमल ठाकुर र चितवन खैरनि ४ का २२ बर्षिय सुजन अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले पक्राउ परेकाहरुलाई विभिन्न मिति र ठाउँबाट चेकजाँचका क्रममा लागुऔषध सहित पक्राउ गरेको जानकारी दिए ।