×

वीरगंज २७ कात्तिक नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र रहेका औषधि पसल हटाउने प्रक्रिया शुरु भए पनि अहिले आएर पुनः स्थगित भएको स्रोतले जनाएको छ । औषधि पसलको अवस्था बुझ्न शनिवार प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह र प्रहरी उपरीक्षक डा. गणेश रेग्मी नाउक्षे अस्पताल पुगी बुझेका थिए तर एकासी पर्साका काग्रसी केही नेताहरू पसल यथावत राखन पसलेहरूसग शुभ लाभकाे चलखेल गरेका छन । अस्पताल हाताका पसलहरूले गर्दा अस्पताललाई ठूलो घाटा भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन गर्न आपूm कटिबद्ध रहेको प्रजिअ सिंहले बताए । निरीक्ष्Fणको क्रममा अस्पतालका मेसु डा. इमामुललाई पसल हटाउने प्रक्रिया शुरु गर्न प्रहरीकहाँ पत्राचार गर्ने निर्देशन दिएको प्रजिअ सिंहले बताए । तर तीन दिन बितिसक्दा पनि मेसु डा. इमामुलले पत्राचार गरेका छैनन् । अवस्था हेरी प्रहरीकहाँ पत्राचार गर्ने मेसु इमामुलले जानकारी गराए । प्राप्त जानकारी अनुसार अस्पताल हाताभित्र रहेका औषधि पसल हटाउन कानुनी प्रक्रिया पुगिसकेको बेला अहिले आएर अस्पताल प्रशासन र व्यवस्थापन समितिले चासो नदेखाएको कारण विस्थापित गर्ने कार्य अडकिएको छ ।

औषधि व्यवसायीहरूले मेसु तथा अस्पताल विकास समितिलाई पसल नहटाउन आन्तरिक चलखेल शुरु गरेको समेत स्रोतले जानकारी गराएको छ । अहिले नाउक्ष्Fे अस्पताल र सुरक्ष्Fा निकायबीच आरोप–प्रत्यारोप शुरु भएको बुझिएको छ । अस्पताल प्रशासन अनुसार नेपाल सरकारको नियमानुसार ३५ दिनभित्र पसल खाली गराउनुपर्नेमा पसलेले खाली नगराएपछि ७ दिनभित्र पसल खाली गराउनुपर्ने पत्र सम्बन्धित कार्यालयमा पठाएको छ भने प्रजिअ सिंह र प्रउ डा. रेग्मीले पत्र नआएसम्म आवश्यक कारबाई प्रक्रिया नबढाउने बताएका छन् । नेपाल सरकारले आप्mनो फार्मेसी स्थापना गरेपछि त्यसलाई व्यवस्थित र परिणाममुखी बनाउन अस्पताल हाताभित्र रहेका औषधि पसलहरू हटाउन निर्देशन गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको पत्र सं. ६२२७ अनुसार सरकारी अस्पतालको क्षेत्रभित्र रहेका जग्गा, जमिन, घर, भवन, कम्पाउन्ड वाल, परिसरमा कुनै पनि निजी, साझा, सहकारी, गैरसरकारी पसल सञ्चालित छ भने ३५ दिनभित्र हटाउन निर्देशन दिएको थियो ।

नाउक्षे अस्पताल हाताभित्र नारायणी फार्मेसी, सुरभि मेडिकल हल, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम् मेडिकल, प्रभात मेडिकल, आफताब मेडिकललगायत कृष्ण कोल्ड स्टोर, गुप्ता मिष्ठान्न भण्डारलाई अस्पताल प्रशासनले हुलाकमार्पmत् ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको थियो ।

Back to top