स्वतन्त्र उम्मेदवार सर्राफको घरदैलो आज पनि जारि

869

Share
  •  
  •  
  •  

वीरगन्ज २७ कातिक, पर्सा जिल्ला क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फले आज वीरगंज महानगरपालिकाको वडा नब्मर ७ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गर्नु भएको छ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर ७ रामटोल, गहवा लगायतका स्थानमा घरदैलो कार्यक्रम गर्दै प्रदेशसभा सदस्यको लागि मोबाइल छापमा मतदान गर्न आग्रह गर्नु भएको थियो ।
राजपाका पुर्व नगर अध्यक्ष समेत रहनुभएका सर्राफ, युवा समाजसेवीहरु पंकज पटेल, नितेष गुप्ता, उपेन्द्र सर्राफ, रोशन मोदी, पन्नालाल पटेल, रिजर्व खालीद, प्रकाश सर्राफ, प्रकाश रौनियार, विष्णु शर्मा लगायतकाले घरदैलो कार्यक्रममा सहभागी हुदै स्वतन्त्र उम्मेदवार सर्राफलाई मोबाइल चिन्हमा मतदान गर्न सर्वसाधारण मतदाताहरुलाई आग्रह गर्नु भएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here