×

वीरगन्ज २७ कातिक - पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार एवं नेपाली काग्रेसका युवा नेता अनिल रुगंटाले सोमबार पनि परवानीपुरमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।

प्रनिनिधि सभा उम्मेदवार रुगंटा र क्षेत्र नम्बर एककै क बाट प्रदेश सभा उम्मेदवार रामनारायण कुर्मी सहितको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।

वडा नम्बर २१ का वडा अध्यक्ष एव नेपाली काग्रेसका नेता हबिब मियाको नेतृत्वमा निकालिएको घरदैलो कार्यक्रममा स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार रुगटाले आफलाई भारी भन्दा भारी मतले विजय गराई लोकतन्त्रलाई सुरक्षित गर्न आग्रह गर्नुभयो । लोकतन्त्र रहे मात्र नेपाली जनताले आफनो अधिकार प्राप्त गर्न सक्ने भएकोले लोकतन्त्रको रक्षाको निम्ती पनि नेपाली काग्रेसको जीत आवश्यक भएको नेता रुगटाले बताउनु भयो ।

पूर्व सासंद समेत रहेका समाजसेवी रुगंटाले मधेशी पार्टीले उठाएको मुद्दा नेपाली काग्रेसले नै दुई तिहाई बहुमतले नया सविधानमा संशोधन गरी प्रमाणित गरे सकेका छन कि नेपाली काग्रेस पार्टी नै मधेशको हितको पार्टी रहेको हुनाले मधेशको बाकी रहेको माग पनि संशोधन गराउनको निम्ती पनि काग्रेसको जीत हुन आवश्यक रहेको बताउनु भयो ।

घरदैलो कार्यक्रममा पार्टीका जिल्ला सभापती अजय दुवेदी, वीरगन्ज महानगरपालिकाका उपमेयर तथा काग्रेसका महिला नेतृ शान्ति कार्की, पार्टीका जिल्ला कोषाध्यक्ष ईम्तियाज आलम, पूर्व राज्य मन्त्री दुर्गा महतो, नगर अध्यक्ष विषेश्वर पटेल, नेवि संघका युवा नेता राकेश यादव, दिलिप राजकार्की लगायतको सहभागिता रहेको थियो ।

Back to top