फोरम नेपालका रुष्ट नेता, कार्यकर्ता एकजुट

4186

पार्टीलाई जसरी पनि जिताएर छाडने गौरी शंकर साहको उदघोष

वीरगंज,२७ कार्तिक – संघिय सामाजबादी फोरम नेपाल पर्सा क्षेत्र नं.३ मा रुष्ट बनेका नेता,कार्यकर्ताहरु आजदेखि एकजुट भएका छन ।

आगामी प्रदेशसभाको उम्मेदवारको आकांक्षा राखेर एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका गौरी शंकर साह टिकट नपाएपछि रुष्ट बनेका थिए ।

स्थानिय तहको निर्वाचनमा एमालेबाट विन्दवासिनी गाउपालिकामा अध्यक्ष पदमा साहले चुनाव लडेका थिए । प्रदेशसभाका लागि टिकट नपाएपछि रुष्ट बनेका साह लगायतका नेता,कार्यकर्ताहरु पार्टीलाई खुलेर समर्थन गर्ने घोषणा गरेका छन ।

संघिय सामाजबादी फोरम नेपालका मधेश प्रदेश कोषध्यक्ष रहेका वीरगंज महानगरका प्रमुख विजय सरावगी, पर्सा क्षेत्र नम्बर ३ बाट फोरम-राजपा गठबन्धनका संयुक्त उम्मेदवार हरिनारायण प्रसाद रौनियार र फोरम नेपालका नेता ध्रुव साहको पहलमा भएको छलफलमा साह सहितका नेता कार्यकर्ता एकजुट भएका हुन ।

संघिय सामाजबादी फोरम नेपाल पर्सा क्षेत्र नं.३ मा पार्टीलाई जिताउन आफुले आजदेखि खुलेर लागेकाले जसरी पनि जिताएर छाडने साहले बताउनुभयो । फोरम नेपालले साहलाई विशेष जिम्मेवारी दिएर चुनावी प्रचार–प्रसारको लागि खटाएको प्रदेशसभाका उम्मेदवार प्रहलाद गिरीले जानकारी दिनुभयो ।