×

वीरगंज, ८ कात्तिक । हरिनारायण रौनियारले पर्सा जिल्लाको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मनसाय बमोजिम भाडा र खानाखर्च दिएर स्थानीय तहबाट सो क्षेत्रमा निर्वा्चित जनप्रतिनिधीहरुलाई बोलाएर काठमाण्डौमा सम्मान गरेका छन् ।

काठमाण्डौमा आयोजित सो कार्यक्रम पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा फोरमका केन्द्रिय नेताहरु राजेन्द्र श्रेष्ठ, ,रेणुकुमारी यादब, लालबाबु राउत गद्दी, राम शहाय यादब तथा हरिनारायण रौनियारले मन्तब्य राख्नु भएको थियो । सो कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका प्रमुख विजय चौरसिया, सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदिप जयसवाल, कालिकामाई गाउँपालिकाको उपप्रमुख राजेश चौरसिया, पकाहा मैनपुर गाउँपालिकाको उपप्रमुख कुसुमी देबी लगायतकाहरु सम्मानित भएका थिए । जनता भनेको जर्नादन (भगवान) हो । उसको आर्शिवाद पाएर जितेकाहरुलाई पप्पु कन्स्ट्रक्सनको सम्मानको कुनै आवश्यकता नभए तापनि यो कार्यक्रम नितान्त व्यक्तिगत स्वार्थको लागि हरिनारायण रौनियारले आयोजना गरेको र आफु सो क्षेत्रबाट सांसदमा चुनाव लड्ने तयारी बमोजिम कार्यक्रम गरेको आरोप फोरमका कार्यकर्ताहरुले लगाएका छन् । सो कार्यक्रममा पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन र बिन्दवासिनीमाई गाउपालिकाका प्रमुख श्रीलाल मोदी लगायत धेरै प्रभावशाली व्यक्तिहरु सहभागि भएका थिएनन् । पर्सा क्षेत्र नं. ३ का अर्का प्रभावशाली नेपालको बाम राजनीतिकका एक उच्च हस्ति जो अचेल फोरममा गएका छन् प्रह्लाद गिरीलाई पाखा लगाउन षडयन्त्र पुर्वक मकै छरेर बाँदर फकाउने अभियान अन्तर्गत काम भइरहेको छ ।

Back to top