वाम गठबन्धन र एमालेको हाइट ले भारतीय गुप्तचर जासुसी अखडा ‘रअ’ मा यस्तो भाडभैलो !

1099



कात्तिक  के नेपालको वाम तालमेल प्रकरणमा दक्षिण छिमेकी भारतले आफ्नो सूचना संयन्त्र र नेपालस्थित अधिकारीरूबाट केही भूलचुक, सूचना संकलन र विश्लेषणमा त्रुटि भएको निष्कर्ष निकालेको हो ?

यदि यसो होइन भने उसले किन आफ्नो जासुसी संस्थामा व्यापक फेरबदलको निर्णय ग-यो होला ? लण्डनबाट ‘रअ’को स्टेशन सम्हालन सोझैँ नेपाल आएका विवेक जोहरीलाई डेढ वर्ष पनि नबित्दै दिल्ली फर्कइँदैछ । उनको ठाउँमा अवजित हल्दरलाई पठाउने तयारीमा भारत रहेको स्रोतले बताएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

उनी ‘रअ’का पूर्वप्रमुख तथा हालका बिजेपी नेता सञ्जय त्रिपाठीका ज्वाइँ हुन् । अटलबिहार बाजपेयीको पालामा प्रधानमन्त्री कार्यालयमा कार्यरत हल्दरले अब नेपालमा भारतीय जासुसी अखडा सम्हाल्ने छन् ।

‘रअ’को दोस्रो वरीयताको जिम्मेवारी सम्हालिरहेका दार्जिलिङे पि छिरिङ जो प्रथम महिला विदेश सचिव रहेकी अ‍ैय्यरको भदाहा हुन् ।
नेपालमा बसेर मधेस मामिला हेर्ने कन्सुलर तथा भिसा चिफ प्रणव गणेशलाई पनि दिल्ली फर्काउन आदेश आइसकेको छ । नेपालमा डिआईजी तहको इन्टेलिजेन्स ब्यूरोको मान्छे बसछन् ।

विभिन्न कभरमा ठूलो संख्यामा उच्चस्तरीय जासुसहरू बिराटनगर तथा वीरगञ्जस्थित कार्यालयहरूमा समेत ‘बसेका छन् । यी कार्यालयहरूमा समेत ‘रअ’ले आफ्नो सेट परिवर्तन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।