×

वीरगंज, कार्तिक ०६ - हिन्दुहरुको महान पर्व छठ पुजालाई मध्येनगर गर्दै वीरगंज महानगरपालिकाको नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले नगरका विभिन्न छठ घाटको निरक्षण गर्नु भएको छ ।

छठ पर्व नजिकिदै जादा वीरगंज महानगरका विभिन्न छठ घाटहरुको मेयर सरावगी विगत केहि दिन देखि स्थलगत निरक्षण गर्दै त्यहा उपलब्ध सेवाहरुका बारेमा बुझ्दै आउनु भएको छ । त्यसै क्रममा आज मेयर सरावगीले वीरगंज महानगरपालिकाको बगही, बस्डिल्वा, बेलवा, लालपर्सा लगायातका छठ घाटहरुको स्थलगत निरक्षण गर्नु भएको छ । निरक्षणका क्रममा वहाँले छठ मनाइने विभिन्न नदी र पोखरीहरुको जल स्तर र सफाईका बारेमा पनि जानकारी लिंदै त्यहाको फोहरलाई व्यवस्थापन गरी श्रद्धालुहरुका लागी सफा गर्ने निर्देशन समेत दिनु भएको छ ।

मेयर सरावगीले छठ घाटहरुमा आउने श्रद्धालुहरुलाई कुनै पनि प्रकारको समस्या र अप्रिय घटनाबाट जोगाउन शुरक्षा व्यवस्था कडा गर्न सुरक्षा कर्मचारीहरूलाई निर्देशन दिनुका साथै आफ्नो रह्बरमा छठ घाटको सजावट तथा व्यवस्थापन गराउन वडाका प्रतिनिधिहरुलाई निर्देशन दिनु भएको छ ।

छठको समयमा देश विदेशबाट लाखौँको शंखायामा आउने श्रद्धालुहरुलाई कुनै किसिमको समस्याको सामना नगर्नु परोस र बर्तालुहरुलाई पुजा अर्चना गर्न सहज होस भन्ने उदेश्यले मेयर सरावगीले नगरका विभिन्न छठ घाटहरुको स्वयं स्थलगत निरक्षण गर्नु भएको मेयरका सकिय सचिव तबरेज अहमदले जानकारी दिनु भयो ।
Back to top