×

बजेट निकाशामा भएको ढिलाईका कारण विकास निर्माणका कार्यहरुमा पारेको प्रभावका बारेमा स्वेत पत्र जारी गर्ने मेयर सरावगीको चेतावनी ।

वीरगन्ज, कार्तिक ०७ - मुलुकै कान्छो महानगरको रुपमा परिचित वीरगन्ज महानगरपालिका नाम मात्रको महानगरपालिका भएको छ । महानगरपालिका घोषणा भएको तीन महिना बितिसक्दा पनी वीरगन्ज महानगरपालिका अहिले सम्म उप-महानगरपालिकाको हैसियतमा रहेको छ महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले गुनासो गर्नु भएको छ ।

सरकारको मधेस प्रती विभिदकारी निती र लापरवाहीका कारण वीरगन्ज महानगरपालिका अहिले पनी उप-महानगरपालिकाको बजेटले संचालन हुनु पर्दा आर्थिक अवस्था जर्जर हुन पुगेको मेयर सरावगीले आरोप लगाउनु भएको छ । महानगरपालिकामा रहेका ३२ वटा वडाको सरसफाई, समृद्धि र विकासका लागी आवश्यक रकम सरकारले निकाशा नगर्दा वीरगन्जमा विकासको काममा ढिलाई भएको मेयर सरावगीले बताउनु भएको छ ।

महानगरपालिकाका लागि सरकारबाट आउने बजेट वीरगन्जमा नआएको र यसले नगरको विकास निर्माणका कार्यहरुमा पारेको प्रभावका बारेमा स्वेत पत्र जारी गर्ने मेयर सरावगीले चेतावनी दिनु भएको छ । आफु निर्वाचित भईआएको एक महिना हुनलाग्दा समेत ठोस कार्यक्रम ल्याउने चाहना हुँदाहुँदै पनी सरकारले बजेट निकासामा देखाएको लापरवाही र विभेदकारी नितीका काराण ल्याउन नसकेको मेयर सरावगीले गुनासो गर्नु भएको छ । त्योमाथि पनी आफु निर्वाचित भएलगतै दशैं, तिहार र छठ जस्ता ठुला पर्वाहरु परेका हुनाले महानगरपालिकाले गर्नु पर्ने कार्यहरुमा समेत अबरुद्ध हुन पुग्दा पनी आफुले निर्वाचित भएलगतै एडिवि परियोजनाको 'मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’लाई सक्रिय बनाएको र आगामी दिनमा वीरगन्जको सरसफाईलाई मध्येनगर गर्दै ठोस कदम चाल्ने मेयर सरावगीले बताउनु भएको छ । घर भित्रको फोहर सार्वजनिक सडकमा फाल्ने प्रवृतिलाई नियन्त्रण गर्न पचास हजार सम्म जरिवाना र तीन महिनाको कैद सम्मको कानुन महानगरपालिकाले ल्याउने मेयर सरावगीले बताउनु भएको छ ।

मेयर सरावगीले वीरगन्ज विकासका निमित्त संचार माध्यमले आफ्नो भूमिका पूर्ण रुपले खेल्न नसकेको गुनासो गर्दै वीरगन्जका संचार मध्यमहरु राजनीतिक पार्टीको मुख पत्र बनेका कारण नगरको विकासमा त्यसको नकारात्मक असर पर्न गएको बताउनु भयो । वहाँले नगरपालिकाका कर्मचारी समेत पछिल्लो २० वर्ष देखि मनपरी रुपले आफ्नो काम गर्दै आएको र कर्मचारीहरुलाई ट्रयाकमा ल्याउन केहि समय लाग्ने भएको हुनाले अहिले केहि समय नगरवासीलागी कठिनाई भोज्नु पर्ने बताउनु भएको छ । सरावगीले काम चोर, भ्रष्ट र अनैतिक कर्मचारी बिरुद्ध कडा कारवाही गर्ने चेतावनी समेत दिनु भएको छ ।

छठ पर्व नजिकिंदै जाँदा महानगरपालिका अहिले नागार परिसर भित्र रहेका विभिन्न सार्वजनिक नदी, पोखरी र घाटहरुको सरसफाईमा नगरपालिकाको ध्यान केन्द्रित भएको बताउदै नगरको सरसफाईलाई महानगरको प्रमुख अजेण्डाको रुपमा अगाडि बढाइने दावी समेत वहाँले गर्नु भयो । छठ लगतै आफु सरसफाईका निमित्त केहि ठोस कार्यक्रमहरु लिएर आउने मेयर सरावगीले जानकारी समेत गराउनु भएको छ ।

 

Back to top