×

रन्जन यादव बारा ३ कार्तिक बाराको जीतपुरसिमरा उपमाहानगरपालिका वर्डा नं ५ बकुलियामा प्रहरी र स्थानीयबीच झडप भएको छ । हिजो राती करिब १ बजे जुवा खेलिरहेको खालमा प्रहरी पुगेर १५ जना जुवाडेहरुलाई नियन्त्रणमा लिई लग्न खोज्दा स्थानीले अवरोध गरेपछि झडप भएको हो ।स्थानीयले ढुङगामुढा चलाएर प्रतिकार गर्दा प्रहरीले जवाफी ६ राउन्ड गोली हवाई फायर गर्नुपरेको ईलाका प्रहरी कामर्यालय सिमराका प्रहरी निरिक्षक गोबिन्द कुमार कार्कीले जानकारी दिनुभयो ।यता स्थानीयले बिनाकारण आफनो घरमा पसेर आफु र चेलीबेटीहरुलाई लौरोले हिर्काएको आरोप लगाएका छन । प्रहरीको कुटाईबाट गर्भवती महिला २३ बर्षि पुजा चौधरी , ५० बर्षिय लक्ष्मी देबी सहनी ,४० बर्षिय राधा देबी पासवान , ५८ बर्षिय कमल सहनी लगायत दर्जनौ घाईते भएका छन । २८ बर्षिय श्रवन महत्तोको उपचार स्थानीय क्लिनीकमा सम्भव नभएपछि बिरगंज स्थित अस्पतालमा पुरयाईएको छ ।उनको टाउँकोमा गम्भिर चोट लागेको छ ।पुरुष प्रहरीलाई महिलालाई नियन्त्रणमा लिने , कुटपिट गर्ने र अपशब्द बोल्ने अधिकार नभएपनि पनि प्रहरीले यस्तो क्रियाकलाप देखाउनु यो प्रहरीको ज्यादती रहेको स्थानीय रोशन चौधरीले आरोप लगाउनुभयो ।प्रहरी निरिक्षक कार्कीले आफुहरुले कुनै महिलाहरुलाई कुटपिट नगरेको बताउनुभयो

Back to top