×

वीरगन्ज ३१ असोज क्षेत्र नं. १ वीरगंजबाट अनिल रुङ्गटा नै लडने गरि नेपाली काग्रेसले तयारी गसरेको देखिन्छ । विगत केही दिन यता देखी पर्साको राजनितिक घटनाक्रमलाई हेर्दा नेपाली काग्रेस पर्साको राजनितिक अलि फरक खेलमा अलझिएको छ पाँच क्षेत्रमा भएको पर्सामा अहिले ४ क्षेत्र मात्र छ चार मध्ये पर्सामा दुई निर्वा्चित सांसाद र दुई केन्द्रिय सदस्य र एक समानुपातिक सासंद रहेको पर्सामा अहिले कोग्रेसबाट चुनावी प्रतिस्पर्धामा ४ वाट रमेश रिजाल,३ वाट सुरेन्द्र चौधरी र २ वाट दुई आकांक्षी अजय चौरसिया र राजेन्द्र बहादुर अमात्य दुबैको प्रबल दावेवादरी छ राजेन्द्र बहादुर अमात्य क्षेत्र नं १ वाट निर्वा्चित सांसद हुन तर विगतमा जनता संग गरिएका बाचा पुरा नगनु र्भखर समपन्न माहानगरको चुनावमा फोरमको जितले पनि राजेन्द्र बहादुरको अवस्था खराव भएको छ साथै स्थानिय चुनावमा केही वार्डको चुनावमा आफु खुशी टिकट वितरण गरि काग्रेस हार्नुको कारण अहिले राजेन्द्र बहादुर प्रति कार्यकक्र्ताको व्यपाक अशन्तुष्टी छ । अजय चौरसिया पहिले २ क्षेत्रको केही स्थानमा राम्रो पकड भएकोले पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन यि दुईमा अजय चौरसिया नै २ क्षेत्रका लागि उपयुक्त रहेको आम कार्यकर्ताको बुझाई छ । क्षेत्र नं १ मा समानुपातिक सासद अनिल रुङ्गटाले खुल्ला रुपले आफु लडने पुर्ण तयारीका अगाडी बढेका छन र केन्द्रले पनि लगभग अनिल रुङ्गटालाई नै टिकट दिने उचित ठानेको छ स्थानिय चुनावमा मारवाडी समुदायको भोट र काँग्रेसको आफ्नो भोटको समिकरणलाई मात्र अधार मानेर चुनावमा आए काग्रेसको जित हात पार्न सकिने उनको सोचाई छ । तसर्थ यस पालि क्षेत्र न.१ बाट अनिल रुङ्गटा नै लडने लगभग पक्का भएको सहयोगी राकेश यादवले जनाएका छन ।

Back to top