×

वीरगन्ज २७ असोज वीरगन्ज क्षेत्रलाई कार्यथलो बनाई आर्थिक विषयहरुमा पत्रकारिता गर्ने पत्रकारहरु संगठित भएका छन् । शुक्रवार वीरगन्ज मुर्ली बगैचामा कान्तिपुरकर्मी पत्रकार शंकर आचार्यको अध्यक्षतामा भएको भेलाविच इकोनोमिक रिपोर्टरर्स एशोसिएशन (इआरए) अर्थात आर्थिक पत्रकार संघ गठन भएको हो ।

नागरिक दैनिकका वीरगन्ज सम्वाददाता रितेश त्रिपाठीको संयोजकत्वमा गठन भएको संघमा पत्रकार आचार्य, आर्थिक अभियान दैनिकका वीरगन्ज क्षेत्रीय ब्युरो ओमप्रकाश खनाल, अन्नपुर्णपोष्ट दैनिकका सम्वाददाता क्रान्ति साह, कारोबार दैनिकका सम्वाददाता निरज पिठाकोटे मगर, इमेज टेलीभिजन तथा सेतोपाटी दैनिकका सम्वाददाता अनिल तिवारी, प्रतीक दैनिक तथा पहिलोपोष्ट अनलाइनका सम्वाददाता राधेश्याम पटेल, माउन्टेन टेलिभिजनका वीरगन्ज प्रसारण केन्द्रका सम्वाददाता सत्यराज घिमिरे, बिबिसि नेपाली सेवा कि सम्वाददाता माधुरी महतो, नयाँ पत्रिका दैनिकका सम्वाददाता शुरेश बिराडी र एपि वन टेलिभिजनका सम्वाददाता जियालाल साह आबद्ध छन् ।

बैठकका अध्यक्षता गरेका पत्रकार आचार्यले आर्थिक विषयभित्रका, वितीय सवालहरु, औद्योगिक, ब्यपारिक, विकास परियोजना, पर्यटन, पुर्वाधार, ग्रामिण अर्थतन्त्र, सहकारी, कृषी र आममानिसको जिवकोपार्जनका विषयहरुमा अझ प्रभावकारी ढँगले पत्रकारिताको माध्यमले साकारात्मक र रचनात्मक योगदान गर्न नवगठित संघले भुमिका गर्ने बिश्वास जनाए । बिषयगत सूचनाको आदानप्रदान, उच्च महत्वका बिषयमा एकिकृत प्रयास, स्थलगत रिपोर्टिङ, आम मानिस तथा राष्ट्र र समाजको हित हुने विषयहरुको पक्षमा पत्रकारिताको माध्यमले साकारात्मक हस्तक्षेप, सरोकारवालासंग अन्तरक्रिया तथा संवाद र पत्रकारहरुको शिप विकासजस्ता कार्य संघले गर्ने संयोजक त्रिपाठीले बताए ।

संघको मार्गनिर्देशक अवधारणापत्रलाई मुर्त रुप दिन पत्रकार खनालको संयोजकत्वमा ३ सदस्सीय उपसमिति गठन गरिएको छ । भेलाले ‘समृद्धिको लागि विकास तथा आर्थिक पत्रकारिता अभियान’ भन्ने नारा समेत संघको लागि तय गरेको छ । संचार राजनीतिमा वा फरक उदेश्यको लागि संस्थाको कुनै संलग्नता नरह्ने भएकोले समग्र, पत्रकार जगत, सरोकारवालाहरु र नागरिक समाजले आफुहरुलाई साँथ र सहयोग दिने बिश्वास लिएको पत्रकार घिमिरेले बताए । नेपाल पत्रकार महासंघ र अग्रज तथा सहकर्मी संचारकर्मीहरुको सल्लाह सुझावमा आफुहरुले कार्य गर्ने पत्रकार मगरले जनाए ।

Back to top