×

वीरगन्ज २६ असोज सघीय समाजबादी फोरम नेपाल केन्द्रीय समितीले काठमाण्ढौ स्थित रिपोर्टर्स क्लबमा आयोजना गरेको पार्टी एकिकरण कार्यक्रममा तत्कालिन बीरगज नगरपालीकाका पुर्ब मेयर एवं राप्रपाका केन्द्रीय सदसय प्रदीप सुबेद्धी,बीरगज महानगरपालीका पुर्ब बरिष्ट अधिकृत शम्भु प्रसाद गुप्ता र चाँदनी भटराई फोरम नेपालमा प्रबेश गरेका छन । नव प्रबेशीहरूलाई टिका तथा खादा ओढ़ाई पार्टी प्रबेश गराउदै पार्टी अधयक्ष उपेनद्र यादवले कार्यक्रम बिच पार्टी प्रवेश गरेका छन ।

नव प्रबेशीहरूलाई पार्टिका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाई पार्टी प्रबेश गराएको थिए । कार्यक्रममा बोल्दै अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनमा एमालेका नेताहरुले दिएको अभिव्यक्ति र मधेसीयुवाहरुको छातिमा ताकिताकि गरिएको बुलेट प्रहारको जवाफ बाइलटबाट दिएको बताउदै आगामि चुनावमा मधेसबाट एमाले झाडुलगाएर बढारिने बताउनु भयो । उहाले अब मधेस विरोधी शक्तिहरु जतिपनि रगंपरिवर्तन गरेर आएपनि जनताले बुलेटको जवाफ बाइलटबाट दिएर पठाउने बताउनु भयो ।

कार्यक्रममा बोल्दै वीरगन्ज उपमहानगपालीकाका पुर्व मेयर प्रदिप सुबेदीले मधेसको हकअधिकारको लडाइ अगाडि बढने बताए । यता कार्यक्रममा बोल्दै शम्भु गुप्ताले राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत रहदा जनताकै सेवा गरे नीति निर्माणको तहमा रहेकाहरुले वीरगन्जको सम्बृद्धि र विकासका लागि सहि नीति अहिले सम्म नबनाएका कारण अब उक्त तहमा आफनो आवश्यकता महशुस गर्दै सरकारी जागीरबाट राजीनामा दिदै आफु राजनीतिमा उत्रिएको बताए । देशमा विभिन्न राजनीतिक दलहरु भएपनि मधेस र मधेसीको हकहित र अधिकारका लागि मधेसी दलले नै संघर्ष र वकालत गर्दै आएकाले आफुले पनि मधेसी दललाइ नै रोजेको हु । काँग्रेस , एमाले , माओवादी , राप्रपा लगायतका दलहरुल विभेद गरेकै कारण वीरगन्ज मात्र नभइ समग्र तराइ मधेस पछाडि परेको भन्दै मधेसको विकास र सम्बृद्धि मधेसी दलबाट नै सम्भ्व रहेकोले फोरम नेपालमा प्रवेश गरेको बताए ।

 

Back to top